• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको घुइयाबारीमा पौने २० करोडको लागतमा पुल बन्दै


बैशाख २०, सल्यान ।
सल्यानको घुइयाबारीमा मोटरेबल पुल निर्माण कार्य सुरु गरिएको छ । कालिमाटी गाउँपालिकामा पर्ने घुइयाबारीको बबई नदिमा पुल निर्माणको लागी संघिय सरकारबाट १९ करोड ८३ लाख रुपैँया बिनियोजन गरिएको छ ।

पुल १ सय ९० मिटर लामो र ११ मिटर चौँडाईको पक्की हुनेछ । पुल निर्माण सम्पन्न भएमा कोहलपुर सँगै जिल्लाको कालीमाटी गाउँपालिका ७ लाई सदरमुकाम खलंगासँग जोड्न मद्धत पुग्नेछ । घुुइयाबारीको बबई नदिमा मोटरेबल पुल निर्माण भएपछि सल्यान खलंगा र बाँकेको नेपालगञ्ज, कोहलपुर सिधा सडक सञ्जालमा जोड्न सहज हुने भएको छ ।

जिल्लाको सदरमुकाम खलंगा बाट नेपालगञ्ज सिधा सडक सञ्जाल जोड्नको लागी बर्षौ पहिले सडकको ट्रयाक खोलिएको थियो । तर पनि सडको स्तरोन्नती नहुनु र बबई नदिमा पुल नहुदाँ आवतजावतमा समस्या हुदैँ आएको छ । विगतमा यहाँ पुल निर्माण नहुदाँ यहाँका नागरिक सदरमुकाम खलंगा आउन बाँके, दाङ हुदैँ खलंगा आउनुपर्ने बाध्यता रहेको थियो ।

पुलको शुक्रबार शिलन्यास केहिदिन अघि प्रतिनिधिसभा सदस्य टेक बहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, कालीमाटी गाउपालिका अध्यक्ष दान बहादुर केसी लगाएतको उपस्थितीमा गरिएको हो ।

प्रकाशित मिति : २०७६ बैशाख २० गते शुक्रवार