• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानका क्यान्सर पीडित ऋषिराजलाई प्रदेशी नेपालीहरुको ३६ हजार सहयोग


बैशाख २०, सल्यान ।
सल्यानका क्यान्सर पीडितलाई प्रदेशमा बस्ने नेपालीहरुले सहयोग गरेका छन् ।  शारदा नगरपालिका १३ स्यानीखाल ज्योगीचौरका ऋषिराज भण्डारीलाई मितेरी समाज युएई र नेपाल मगर संघ क्षेत्रीय शाखा अलेन युएईले सहयोग गेरका हुन् ।

मितेरीबाट २५ हजार २० र मगर संघबाट १० हजार ७ सय ३० रुपैया सहयोग गरेको मितेरी समाजका केन्द्रीय सदस्य तथा मगर संघ क्षेत्रीय शाखा अलेन युएईका सचिव रामु  मगरले जानकारी दिए ।

उक्त रकम शुक्रबार स्यानीखालमा रहेको लक्ष्मी माविमा गएर एक कार्यक्रमका बिच पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । दुई सस्थाबाट उठेको रकममा शारदा नगरपालिका १ पटनेरीका केशव थापाले ५ सय थप गरेर जम्मा ३६ हजार २ सय ५० रकम सहयोग गरिएको हो ।

ऋषिराज विगत एक बर्षदेखि क्यान्सर रोगले थला परेका छन् । हातमा लागेको क्यान्सरकै कारण उनको अहिले एउटा हात काटिएको छ । आर्थिक अबस्था ज्यादै न्युन भएका भण्डारीको उपचारका लागी अहिलेसम्म ३ लाख सकिएको छ । भने अझै खर्च लाग्ने अस्पतालले जनाएको छ ।

उनको उपचारका लागी पहिले विभिन्न व्यक्तीहरुले पनि सहयोग पनि गरेको उनकी श्रीमतीले बताइन् । शुक्रबार सहयोग गर्ने मितेरी समाज र मगर संघ युएईले पनि विभिन्न समयमा सामाजिक काम गर्दै आइरहेकाे जनाएकाे छ ।

प्रकाशित मिति : २०७६ बैशाख २० गते शुक्रवार