• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

एक निर्दय आमा : अन्तै पाईला गएपछि भेट्न गएका छोराछोरी कुटाई खाएर फर्किए


बैशाख २१, सल्यान ।

आज आामाे मुख हेर्ने दिन अर्थात बैशाख कृष्ण औँसी । आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ । वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

यहि समयमा सल्यानका २ बालबालिका आमा तथा बुबा विहीन भएका छन् । जिल्लाको बनगाड कुपिण्डे वडा ७ लेखसँग्रही दारिमचौरका ९ वर्षीय मोहन पुन र ७ वर्षीया जुना पुन २ बर्षदेखि अभिभावक नभएर बिचल्लीमा परेका छन् । उनका बुवाको मृत्यु र आमाले दोस्रो विवाह गरेका कारण घरमा कोहि छैन् ।

बुबा बीर बहादुर पुनको ३ वर्ष अघि मृत्यु भएको थियो । त्यसपछि आमा तुलकुमारी पुन अर्को व्यक्तिसँग विवाह गरेर गइन् । यसरी घरमा आमाबुबा नभएपनि उनिहरु बिचल्लीमा परेका हुन् । दोस्रो विवाह गरि अर्काको घर गएकी आमालाई भेटन जाँदा आमा तुलकुमारी पुनले मरानसन्न हुने गरी कुटेको जुनाले बताईन् । त्यसपछि उनिहरु आमालाइ भेट्न पनि गएनन् ।

अहिले उनिहरु घुमन्ते जीवन बिताइरहेको स्थानीयले बताएका छन् । सानाे उमेर र अपरिपक्क भएकाे कारण उनिहरुलाइ बुझाउन पनि गाह्राे भएकाे स्थानीय बताउछन् । उनिहरु गाउँ तथा बजारमा डुल्दै मागेर हिड्ने गरेकाे सल्लीबजारका एकजना व्यापारी बताउछन् । उनले भने- “उनिहरु कहिलेकही बजारमा देखिन्छन् । अरु समयमा कहाँ जान्छन् थाहा हुँदैन् ।”

घरको अन्य अभिभावक समेत नहुदाँ उनिहरु १ वर्ष देखि सडक पेटी र कहिले जँगलको बास बस्ने गरेको स्थानीयले बताए । विद्यालय देखि पढाई लेखाईको कुरा त परै जावस खानेकुरा केहि नपाउँदा उनिहरु भोक भोकै दिन रात गुर्जाने गरेको उनिहरुले सुनाए ।

लेकाली अनलाइनमा बैशाख १९ गते प्रकाशित समाचारलाइ पुन: संसाेधन गरेर प्रकाशित गरिएकाे

प्रकाशित मिति : २०७६ बैशाख २१ गते शनिवार