• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीकाे स्पष्टीकरण- ‘याे सरकार राष्ट्रपतिकै हाे’


बैशाख २१, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा व्यक्त अभिव्यक्तिका बारे स्पष्टिकरण दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रप्रमुखको हैसियतले यो सरकार राष्ट्रपतिकै भएको बताए ।

उनले भने– “राष्ट्रपति देशको अभिभावक हो । राष्ट्रप्रमुख हो । संस्था हो । मैले व्यक्तिको कुरा गरिराखेको छैन । त्यसैले ‘राष्ट्रपतिको हैसियतमा यो राष्ट्रपतिकै सरकार हो’ । र, उहाँले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको हो ।”

प्रधानमन्त्रीले राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियतका साथ संसदबाट निर्वा्चित हुने भन्दै अन्तराष्ट्रिय अभ्या अनुसार नै राष्ट्रपतिले मेरो सरकार भनेको दाबी गरेका छन् । उनले राष्ट्रपतिको विषयलाई विवादमा तान्नु भनेको लोकतन्त्रको उपहास गरेको ठहर्ने बताए । राष्ट्रपतिले भनेको कुरा अन्तर्रािष्ट्रय अभ्यास भएको उनले बताए ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनी सम्बोधन गरेको विषयमा चौतर्फी विरोध भएको छ । यसले पुरानै राज्यप्रणालीको झल्को दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा विरोध गरेको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २१ गते शनिवार