• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

जनयुद्वका दोस्रो कमाण्डर बाबुराम माओवादबाट पलायन भएर समाजवादमा गए


बैशाख २१, काठमाडौं ।
१० बर्षीय सशस्त्र जनयुद्व लडेका डा. बाबुराम भट्टराई संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने भन्दै सहमती गरेका छन् ।

माओवादीकाे नामबाट २०५२ मा युद्व सुरु हुँदा त्यसका कमाण्डर प्रचण्डपछिका दाेस्राे वरियताका कमाण्डर थिए बाबुराम । माओवादी शान्ति सम्झाैतामा आएपछी प्रधानमन्त्री समेत बनेका बाबुराम केहि बर्ष अघि कम्युनिस्ट सिद्धान्तकाे माओवाद छाडेर नयाँ शक्ति नामक पार्टी खाेलेका थिए ।

तर त्यहि नयाँ शक्ती पार्टीलाइ उनले अहिले लाेकतान्त्रिक सिद्धान्तकाे संघीय समाजवादी फोरमसँग पार्टी एकता गरेर “समाजवाद पार्टी नेपाल” नामक पार्टी बनाउन सहमत गरेका छन् । दुइ पार्टीबीच गएराति अबेरसम्म चलेको छलफलले एकताको सहमति गरेको हो ।

अब भन्ने एकीकृत पार्टीमा भट्टराई पहिलो वरीयताको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दोस्रो वरीयतामा रहनेछन् । भट्टराई संघीय समितिको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष रहनेगरी एकताको प्रक्रिया टुंगो लगाइएको छ ।

सहमति अनुसार यही वैशाख २३ गते पार्टी एकता घोषणा हुनेछ।

प्रकाशित मिति : २०७६ बैशाख २१ गते शनिवार