• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

अब कहिले पनि आमा–बुबाको मुखकाे देख्न नपाउने भए झुपडी घरका ७ बालबालिकाले


बैशाख २१, सल्यान ।
आज आामो मुख हेर्ने दिन अर्थात बैशाख कृष्ण औँसी । आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ । वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

तर सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर २ का एकै घरका ७ जना बालबालिकाले कहिल्य आमाको मुख नदेख्ने भएका छन् । उनिहरुले आमाको मात्रै हैन् बुबाको पनि मुख नदेख्ने भएका छन् । २०७२ मा बुबा गुमाएका बालबालिकाले ३ बर्षपछि २०७५ कार्तिक ३ गते आमालाई समेत गुमाएका छन् । उनिहरुको अविभावक नै गुमेपछि आर्थीक स्थितीमा समस्या समेत भएको छ ।

आर्थीक अबस्था कमजोर भएपछि बुबा प्रताप विकको उपचार गर्न नपाएरै मृत्यु भएको ति बालबालिकाले बताएका छन् । घरमा अविभावकको भुमिका खेलेकी आमाको पनि गत कार्तिकमा मृत्यु भएपछि उनिहरुलाई झन समस्या भएको हो । सात बालबालिकामा १९ बर्षिय कासिराम विक, १७ बर्षिय भिम बहादुर विक, १४ बर्षिय झुपलाल विक, ११ बर्षिय दुर्गालाल विक, १० बर्षिय रोशन विक, ७ बर्षिय शोभा विक र ४ बर्षिय दिपक विक रहेका छन् ।

उनिहरुको सम्पतीको नाममा अहिले भत्किएको झुपडी घर, ३ रोपनी जग्गा मात्रै रहेका छन् । अहिले गाउँपालिकाले उनिहरुको घर निर्माणको लागी जस्ता पाता, सामुदायीक वनले काठ उपलब्ध गराउने वडा नम्बर २ का वडा अध्यक्ष इन्द्र बहादुर ओलीले लेकाली अनलाइनलाई बताए । उनका अनुसार घर निर्माण चरणमा रहेको छ ।

उनका अनुसार कर्णाी प्रदेश सरकारले उनिहरुको पालन पोषणको लागी लिन्छु भनेको तर उनिहरुले नमानेका कारण नगएको उनले बताए । वडा अध्यक्षका अनुसार दुईभाई बहिनीलाई कान्छी अन्टीले आफ्नो घरमा लगेको र बाँकी ५ भाईबहिनी घरमै रहेका छन् ।

१९ बर्षिय कासिराम र १७ बर्षिय भिमले अहिले घरको अभिभावकको भुमिका निर्भाह गरेका छन् । उनिहरु ज्याला मजदुरीमा लागेको वडा अध्यक्ष ओलीले बताए । यी बालबालिकाहरुको पढाई भने अन्धकार जस्तै भएको छ ।

यसअघि प्रकाशित समाचार

आमा-बुबाको मृत्यु भएपछि सल्यानका यी ७ बालबालिकाको बिचल्ली, सहयोगका लागी अपिल

प्रकाशित मिति : २०७६ बैशाख २१ गते शनिवार