बैशाख २२, धनगढी ।
धनगढीमा स्थानीय एक व्यापारीबाट पत्रकार कुटिएका छन् । दिनेश एफएमका सम्बाददाता जनक विष्टलाई व्यापारी तेजेन्द्र थापाले कुटपिट गरेका हुन् ।
त्रिनगर माध्यमिक विद्यालयको सटर भाडामा दिएको सम्बन्धमा रिपोर्टिङ गर्न गएका विष्टलाई व्यापारीले कुटपिट गरेका हुन् । समाचार संकलनको क्रममा थापाले एकाएक कुटपिट गरेको बताइएको छ।
विद्यालयका प्रधानाध्यापकसँग सटरका सम्बन्धमा जानकारी लिइरहेका बेला व्यापारी थापाले एकाएक आक्रमण गरेका थिए । कुटपिटबाट घाइते पत्रकार विष्टको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको विरोधमा पत्रकारका पेसागत संघ–संगठनहरूले विज्ञप्ति जारी गरेका छन् ।