राजन केसी / बैशाख २२, दाङ ।
नेपालि लोकदोहारी गित संगीतमा करिब २ दशक समयदेखि क्रियासिल र आफ्नो छुट्टै पहिचान बनाउन सफल, रास्ट्रिय लोकदोहारी गित प्रतिष्ठान नेपालका सचिब, गायक कृष्ण रेउलेको लय तथा शब्दमा “कलेजी बोलको गीत कृष्ण रेउलेको आफ्नै youtube chanel मार्फत बजारमा सार्बजनिक गरिएको छ l
आज गाउमा, गाउमा हल्ला चल्यो, डोल्पा जाने रेल बाटो, ए हजुर भाले मजुर, दिलको ढोका खुल्ला छ,नक्कलीको ठिक छैन चाला,जस्ता सुपरहिट दर्जनौ गितहरु पस्किसकेका गायकको स्थाई घर सल्यान हो भने उनि हाल काठमान्डौमा रहेर नेपाली गीत संगीतमा समर्पित रहेका छन् ।
उनको लय शब्दमा पछिल्लो पटक बजारमा आएको “कलेजी” बोलको गीत सुधारत्न परियारको प्रस्तुति हो।
गीतमा स्वर गायक कृष्ण र दाङ जिल्लाकि गजल गितहरुबाट आफुलाई चिनाएकी गायिका सुधारत्न परियारले दिएकी छिन l कृष्ण गायन विधामा मात्र होइन उनले धेरै गीतहरुको म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन l
कृष्ण रेउले नेपाली गित संगितमा नौलोपन ल्याउने एक अतभुत कला भएका कलाकार हुन l “कलेजी” बोलको सार्बजनिक गितमा पनि कृष्ण आफैले अभिनय गरेका छन l उनलाई रिना थापा र बिजय पुनले साथ दिएका छन।
यस गीतको म्युजिक भिडियोलाई निर्देशन बिक्रम चौहान,डप प्रकाश खड्का,ड्रोन सन्तोष महरा सम्पादन तथा कलर मिलन बिश्वकर्माले गरेका छन,भने भिडियो निर्माण बि स्टार फिल्मले गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।