• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

अपांगता भएका व्यक्तिहरुकाे सशक्तीकरणका लागि अभिमुखिकरण


वैशाख २२, दाङ । तुलसिपुर उपमहानगरपालिका वडा नं. ८ काे सहयोग ,राप्ती बहिरा संघ,दाङको समन्वय र वडास्तरिय अपांगता समन्वय समितिकाे अायाेजनामा अाज अपांगता भएका व्यक्तिहरुकाे सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नं.८ काे कार्यालयमा सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.८ का का.बा. वडा अध्यक्ष गाैमती सार्कीकाे प्रमुखअातिथ्यता तथा वडा स्तरीय अपांगता समन्वय समितिका संयाेजक तेजकुमारी भुसालकाे सभापतित्वमा सम्पन्न भएको थियोे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि सार्कीले वडामा रहेका अपांगता भएका व्यक्तिहरुकाे क्षमता विकास गर्ने तथा जीविकोपार्जनका लागि काविल गराउने जिम्मेवारी स्थानीय निकायकाे भएको र अझ विषेश जिम्मेवारी वडा नं.८ काे भएको कुरा व्यक्त गरेकी थिईन् । उनले कार्यक्रममा बाेल्दै अपांगता भएका व्यक्तिका लागि उनिहरुकाे अावश्यकता अनुसरकाे याेजनामा बजेट विनियोजन गर्न वडा लागि पर्ने मा जाेड दिइन् ।

कार्यक्रमका प्रशिक्षक प्रतिमा शर्मा र देवा डाँगीले अपांगता भएका व्यक्तिहरुकाे लागि बनेका नीतिगत व्यवस्था , अपांगता, यसकाे प्रकार,कारण र अपांगता परिचयपत्र बनाउने प्रक्रिया तथा प्राप्त हुने सेवा सुविधा लगाएतका विषयवस्तुमा प्रशिक्षण गरेका थिए ।

वडास्तरिय अपांगता समन्वय समितिका सदस्य तारा विष्टकाे स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा वडा सदस्य चित्र बहादुर डाँगी, वडा सदस्य पवित्रा काफ्ले, शिक्षक लिलाराज पाेख्रेल, महेन्द्र चाैधरी , जानकी विष्ट , गाैरी शर्मा लगायतकाले अाफ्नाे अाफ्नाे मन्तव्य व्यक्त गरेका थिए । ५५ जना व्यक्तिहरुकाे सहभागीता रहेकाे साे कार्यक्रमकाे सहजिकरण अपांग समन्वय समितिका सचिव बालकुमार देवकाेटाले गरेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख २२ गते आइतवार