• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

टिकटकमाथि प्रतिबन्ध लगाउदा भारतमा दैनिक ४ लाख डलर भन्दा बढी नोक्सान


बैशाख २२, भारत ।
टिकटक चीनीया कम्पनी बाइटडांसका एक स्मार्ट फोन एप हो । जसमा प्रयोगकर्ताहरु छोटो भिडियो बनाएर शियर गर्ने गर्छन् ।

टिकटकमा जो कोहीले पनि भिडियो बनाउन सकिन्छ । नेपालमा पछिल्लो समय टिकटिक मार्फत राम्रो अभिनय गरेकाहरु भाइरल भइरहेका छन् । केहीले त म्युजिक भिडियो पनि खेलिसकेका छन् । यो एप व्यक्तिमा भएको अभिनय गर्न सक्ने क्षमतालाई बाहिर ल्याउने माध्ययम बनेको छ ।

एप मनिटरिगंका कम्पनी सेंसरटावका आनुसार फेवरवरीमा एप्पल र एण्ड्रोयड स्मार्ट फोनमा टिकटक डाउनलोड गर्नेको संख्या एक अरब पार गरेको हिन्दि बीबीसीमा उल्लेख छ । सन २०१८ मा ६६ करोड पटक टिकटक डाउनलोड गरेका र इन्स्टाग्राम ४४ करोड पटक डाउनलोड गरेको हिन्दि बीबीसीले जनाएको हो ।

डिजिटास यूकेका स्ट्रैटजी पार्टनर जेम्स व्हाटले टिकटकका तुलना स्नैपचैट र वाइनसंग गरेको उल्लेख गरेको छ । यी दुबै ऐप युवा माझ लोकप्रिय बनेको छ । टिकटकबाट पनि पैसा कमाउन सकिने बीबीसीमा खबर छ । यो युट्युव भन्दा फरक हरेको छ ।

युट्युवमा हेर्दा पैसा आउछ तर टिकटकमा भने हेर्दा पैसा नआउने स्पेनिश एक्टर जावी लुनाले बताका छन् । जावाका टिकटकमा ४० लाख फ्यान रहेका छन् । उनले २०१८ मा टिकटकमा भिडियो पोस्ट गर्न शुरु गरेको बताए।

जब फलोर्स या भ्युज बढ्दै जान्छ ब्रान्डसले टिकटक प्रयोग कर्तालाई इमेल पठाउछन् । यो जोश शेपर्ड जस्तो उद्योमीका लागि एक अवसर रहेको बताइएको छ । जसले एक वर्ष पहिला इन्फ्लुएन्शिली नामबाट टिकटक टैलेन्ट एजेन्सी बनाए ।

उनका फलोर्वसको जम्मा संख्या १.५ करोड छन् । पछिल्लो सात महीनामा उनले ३५ अभियान चलाए । यसरी विश्वभर लोकप्रिय भिडियो शियर एप टिकटक भारतले २ हप्तासम्म प्रतिबन्ध लगायो । जसकारणले भारतमा टिकटकले डेढ करोड भन्दा बढी नयाँ प्रयोगकर्ता गुमाएको छ ।

अहिले भने प्रतिबन्ध लगाएको टिकटक फुकुवा भइसकेकाे छ । त्यसपछि भारतमा टिकटकका नयाँ डाउनलोडकर्ताको संख्या तीव्र रुपमा बढ्दै गएको छ । टिकटक डाउनलोड गर्न नदिदा दैनिक ४ लाख डलर भन्दा बढी नोक्सान भएको जनाएको छ । अढाई सय भन्दा धेरै कर्मचारीहरुको जागिर पनि संकटमा पर्यो ।

टिकटकमा आपत्तिजनक सामाग्रीहरु राखेर बालबालिकाहरुलाई फसाएको कारण भारतमा यो एप बन्द गरिएको थियो । भारतीय अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएपछि भारतमा गत महिना टिकटक डाउनलोड गर्न प्रतिबन्ध लगाएको थियो । त्यस्ता आपत्तिजनक सामाग्रीहरु हटाएपछि भारतले टिकटमाथिको प्रतिबन्ध हटाएको जनाएको छ ।

-एजेन्सी

प्रकाशित मिति : २०७६ बैशाख २२ गते आइतवार