• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सिंहदरवारमा स्याल होइन सिंह बस्नपर्छ : राई


बैशाख २३, काठमाडौं ।
नवगठित समाजवादी पार्टी नेपालका नेता अशोक राईले सिंहदरवारमा सिंह भित्र्याउन पार्टी गठन गरिएको बताएका छन् ।

प्रज्ञा भवनमा सोमबार आयोजित फोरम र नयाँ शक्ति पार्टीको एकिकरण घोषणा कार्यक्रममा राईले सिंहदरवार पुग्दा स्याल मात्र कराको सुनिने गरेकाे ब्यंग्य गरे ।

कार्यक्रममा सिंहदरवारमा सिंह भित्र्याउन आफुहरुले पार्टी गठन गरेको राईले बताए । उनले समाजवादी पार्टी नेपाल समृद्धि र सुशासनका लागि गठन भएको बताए ।उनले भने -‘हामी मुलुकका सम्पूर्ण शोषण र विभेद अन्त्यका लागि लागि पर्नेछौं । ‘

उनले सुशासन पहिचान बिकासको लागि बिचारलाई जनतासम्म पुर्याउन आबश्यक रहेको बताउँदैे जवसम्म बिचार जनतासम्म पुग्दैन त्यो पार्टीले सफलता हाँसिल गर्न नसक्ने बताए ।

कार्यक्रममा उनले एकिकरण दिगो र सफल बनाएर लैजाने जिम्मेवारी अब आफुहरुको काँधमा रहेको बताए ।

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार