• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

‘दलाल केपी–पिके सरकारलाई इतिहासले क्षमा दिनेछैन्’- आस्था


बैशाख २४, काठमाडौं । 

नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्युरो इन्चार्ज आस्थाले बैशाख २३ गते एक विज्ञप्ति जारी गर्दै आफ्नो नेता तथा कार्यकर्ताहरुको दमन र गिरफ्तारी तत्काल बन्द गर्न ओली सरकारलाई चेतावनी दिएकी छिन् ।

राजनीतिक आस्थाकै आधारमा क्रान्तिकारी नेपाली जनताहरुलाई गिरफ्तार गरी झुठा मुद्दा लगाई गैरकानुनी रुपमा अनावश्यक म्याद थप्दै हिरासतमा राखिरहेकोमा आपत्ति जनाउदै घोर भर्त्सना गरेकी छिन् ।

एक बिज्ञप्ति जारि गर्दै आफ्ना नेता तथा कार्यकर्ताहरुलाई झुठा आरोपमा गिरफ्तार गर्ने, गैरकानुनीरुपमा थुनामा राख्ने तथा मानसिक शारिरिक यातना दिने घटनाको भर्त्सना गरेकी छिन । बिज्ञप्तिमा धरपकड तथा हिरासतमा रहँदा घाइते भएको बताउदै गोरखा जिल्ला सेक्रेटरी कपिल भट्टलगायत सबैको स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।

गिरफ्तार गरिएका तमुवान जनसरकार प्रमुख किसानसिंह गुरुङलाई पाँच हजार कास्की जनसरकार प्रमुख रामकाजी गुरुङलाई दश हजार धरौटीसहित कास्की जिल्ला अदालतले तारेखमा रिहा गरेको र तारेख जाँदा प्रशासनले गैरकानुनी रुपमा पुनः गिरफ्तार गरेको प्रति आपत्ति जनाएकी छन् ।

स्याङ्या जिल्ला सेक्रेटरी गोकुल पराजुली, मजदूर नेता गोविन्द ओलीसहित जिल्ला कमिटी सदस्य सागर अर्याल र महिला नेतृ मिसिरा नेपालीलाई गिरफ्तार गरी झुठा मुद्दा लगाई गैरकानुनी रुपमा अनावश्यक म्याद थप्दै हिरासतमा राखिएको भन्दै आस्थाले आक्रोस समेत पोखेकी छिन् ।

जनताको अधिकारका खातिर लागेका निर्दोस कार्यकर्ताहरुमाथि गरिएको फाँसीवादी व्यवहारका मतियारहरुलाई इतिहासले क्षमा नगर्ने र फाँसीवादी व्यवहारको जवाफ जनप्रतिरोध मार्फत नेकपाले दिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै नेपाली सेन, प्रहरी, निजामति कर्मचारी, न्यायपालिका सम्बद्ध व्यक्तिहरु र विभिन्न दलमा आवद्ध वास्तविक देशभक्त, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई उनले आफ्नै भाषामा केपी–पिके फाँसीवादी दलाल सरकारलाई सहयोग नगर्न आह्वान पनि गरेकी छिन् ।

 

bb

प्रकाशित मिति : २०७६ बैशाख २४ गते मङ्गलवार