• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

दाङमा फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख बराबारको क्षति


बैशाख २४, दाङ ।

दाङको एक फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित ओम फर्निचर उद्योगमा आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल क्षति भएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए ।

उनका अनुसार सोमबार राति १२ बजेतिर आगलागी हुँदा एउटा मोटरसाइकल, एक थान काठ चिर्ने उपकरण र दुई थान झ्याललगायत सामग्री जलेर नष्ट भएको थियो । समयमै प्रहरी पुगेर आगो निभाएकाले थप क्षति हुनबाट बचेको उनले बताए । आगो मंगलबार बिहान १ः१५ बजेतिर नियन्त्रणमा आएको थियो ।

उद्योगका सञ्चालक ओमनारायण चौधरीले भने विद्युत् चुहावट भएर नभई कसैले सुनियोजित तरिकाले आगो लगाएको हुन सक्ने बताए । “विद्युत् सर्ट भएको भए विद्युत् तार भएको स्थानबाट आगो लाग्न सुरु गथ्र्यो होला”, उनले भने, “तर आगो मोटरसाइकल भएको स्थानबाट सु भएको छ, जसको नजिक विद्युतको तारसमेत छैन ।”

आगलागी भइरहेको अवस्थामा पनि बाहिरका बत्ती बलिरहेकाले यो विद्युत् चुहावट भएर नभई कसैले व्यक्तिगत रिसइबीका कारण आगलागी गराएको हुनसक्ने भन्दै उनले यस विषयमा आफूले प्रहरीमा उजुरी दिने बताए ।

प्रकाशित मिति : २०७६ बैशाख २४ गते मङ्गलवार