• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

प्रतिपक्षले पनि यो सरकारलाई ‘मेरो सरकार’ भने हुन्छ: प्रधानमन्त्री ओली


बैशाख २४, काठमाडौं । 

प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारलाई प्रतिपक्षले पनि मेरो सरकार भन्न सुझाव दिएका छन् । संघीय संसदमा मङ्गलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्दा कसैले अल्मलिनु र आत्तिनुपर्ने अवस्था नरहेको भन्दै लोकतन्त्रलाई आशिंक रुपमा बुझ्ने गल्ती नगर्न आग्रह पनि गरे ।

प्रधानमन्त्रीले लोकतन्त्रप्रति नै गम्भिर प्रश्न उठेको भन्ने प्रश्नको जवाफ दिँदैँ भने, ‘लोकतन्त्रलाई राजनीतिक स्वतन्त्रताको अर्थमा मात्रै बुझ्ने गल्ती नगर्ने, लोक भनेको जनता र तन्त्र भनेको व्यवस्था शासन हो । जनताको शासनले जनताका सम्पूर्ण पक्षहरु, जनताका आवश्यकता, अधिकार जनताले प्राप्त गर्नुपर्ने सुविधा, सहुलियत, अवसर, सुरक्षा र सम्मान, सामाजिक न्याय लगायत समुचित न्यायलाई समेटेर, भविष्यको निम्ति सबै मानवजाति र धर्तीको निम्ति लोकतन्त्रलाई पूर्ण प्रयोग गरेको छ ।’

प्रधानमन्त्री ओलीले रेल र पानी जहाजबारे उठेका प्रश्नहरुको पनि ठट्यौली शैलीमा जवाफ दिए । ‘माननीयहरुलाई अचम्म लागेको छ । सपना रातिमात्र देखिने कुरा हो भन्ने लागेको छ । यहाँ राति देख्ने सपनाको कुरा गरेको होइन, जागै देखिने सपना हुन् यी । सहिदका सपना भनेको राति देखिने सपना हुन् ? राति देख्ने सपना होइन, देश बनाउने सपना देखेको हो । एक बर्षका लािग के–के गर्न सकिन्छ र त्यस वर्षपछि कति के गर्न सक्छौ ।

दीगो विकासको सपना राति निदाएर देखेको सपना हो ? सपना मात्रै बोकेको छैन, संकल्प पनि लिएको छ र अठोट पनि लिएको छ । नीति तथा कार्यक्रमले’ प्रधानमन्त्री ओलीले जवाफ दिए । उनले नीति तथा कार्यक्रमले जनप्रतिनिधिलाई मजबूत बनाउने बाटो लिएको दावी पनि गरे ।

‘जन्मसिद्ध, जनताद्धारा निर्वाचित व्यक्ति, निकाय संस्थाहरुको मान्यता हुने तर गरिमा नहुने मानसिकता देखिन्छ । हामीले त्यस्तो मानसिकता ल्याउनुभएन । जनताद्धारा चुनिएका जनप्रतिनिधिभन्दा स्वघोषित कोही सम्मानित हुँदैन’ प्रधानमन्त्रीको भनाई छ ।

‘यो जननिर्वाचित प्रणाली हामीले लडेर ल्याएका हौ । संशोधन गर्नुपर्ने कुराहरु केही छन् कि भन्ने लागेको थियो । तर त्यस्तो केहीँ देखिँन । उहाँहरु सबैकुरा पनि आएको छ, तर केही पनि छैन भन्नुहुन्छ । धेरै कुरा आएको छ’ खासगरी केही विषयहरुमा बुझाइमा समस्या रह्यो कि जस्तो आफुले महशुस गरेको प्रधानमन्त्रीले बताए । उनले संविधान संशोधन अपरिवर्तनीय नभएको भन्दै आवाश्यक्ता र औचित्यताका आधारमा संशोधन गर्न सकिने बताए ।

प्रकाशित मिति : २०७६ बैशाख २४ गते मङ्गलवार