• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको शारदा नदिमा १४ करोडमा ३ वटा पुल बन्दै, काम सुस्त गतिमा


बैशाख २४, सल्यान ।

सल्यानको शारदा नदिमा ३ ओटा मोटरेवल पुल निर्माण चरणमा रहेका छन् । राप्ती राजमार्गको छेउमा रहेको शंकमुल–भिम्पे, मोख्ला–दमाचौर, कालाखेत–पिपलनेटा गरि संघिय सरकारबाट ३ वटा पुल निर्माण थालिएको हो ।

३ वटा पुलको लागी १४ करोड बराबरको बजेट विनियोजन गरिएको छ । शंकमुल–भिम्पे पुलको लागी मात्रै ६ करोड ८० लाख रुपैया विनियोज गरिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । यो पुल २०७३ असारबाट सुरु गरेर ०७६ असार मसान्तसम्म काम सम्पन्न गर्ने भन्दै एस.बि.ए. सुर्य जेभी काठमाण्डौँले निर्माण ठेक्का लिएको छ ।

तर पुल निर्माण कार्य सकिन २ महिना बाँकी हुँदा पनि ५० प्रतिशत काम हुन सकेको छैन् । स्थानीयका अनुसार ठेकेदारको लापरबाहीले निर्माण कार्य ढिला भएको बताइएको छ । पुल निर्माण छिटो सम्मपन्न गर्न ताकेता गरेको सडक डिभिजन कार्यालय दाङ जनाएको छ ।


शंकमुलमा निर्माणधिन पुल

त्यस्तै शारदा नदिकै मोख्ला–दमाचौर पुलको निर्माण पनि सुस्त गतिमा भएको छ । ३ करोड ८३ लाख बजेट बिनियोजन गरिएको यो पुलको निर्माण कार्य २०७४ जेठमा सुरु भएर ०७६ भदौमा सम्पन्न गरिसक्नु पर्ने हो । यसको पनि अहिलेसम्म ४० प्रतिशत काम मात्रै भएको छ ।

पुलको लागी यहाँ सामान्य खाडल खनिएको छ भने अन्य काम लथालिङ्ग अवस्थामा छ । स्थानीयका अनुसार यहाँ पुल निर्माणको लागी डोजर चलेको र खाडलमात्रै खनिएको र अरु काम सुस्त गतिमा रहेको छ । यो पुलको जिम्मा सैलुङ एती जेभी काठमाण्डौँले लिएको छ ।

सैलुङ एती जेभीले नै जिम्मा लिएको कालाखेत पिपलनेटाको पुल निर्माण कार्य भने अलि तिब्र गतिमा भएको छ । ३ करोड ४० लाख बजेट बिनियोजन गरिएको यो पुलको निर्माण कार्य २०७४ जेठमा सुरु भएर ६ महिना म्याद थप गरि ०७६ असारसम्म निर्माण सम्पन्न गर्ने सहमती भएको डिभिजन दाङ ले जनाएको छ । यहाँको काम भने लगभग अन्तिम चरणमा रहेको छ । कार्यालयका अनुसार यो काम असारमा सम्पन्न हुनेछ ।


कालाखेतका निर्माणधिन पुल

अहिले काम ढिलो गर्ने ठेकेदारलाई ताकेता गरेको कार्यालयमा सुचना अधिकारी लिला बहादुर भण्डारीले लेकाली अनलाइनलाई बताए ।

प्रकाशित मिति : २०७६ बैशाख २४ गते मङ्गलवार