• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

विप्लवको जनपरिषदले व्यवसायीहरुलाई जनसत्तामा दर्ता गर्न ७ दिने अल्टिमेटन दियो


बैशाख २४ उदयपुर ।

नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा उदयपुरको जनपरिषद नेपालले जिल्लामा कार्यरत विभिन्न संघ संस्था र ब्यबसायीहरुलाइ दर्ता गर्न आव्हान गरेको छ । आबस्यक कागजात सहित ७ दिन भित्र उदयपुर जनपरिषदको कार्यलयमा उपस्थित हुन भनेको छ ।

जिल्लामा कार्यरत सम्पूर्ण एनजियो/आईएनजियोहरु, जिल्लामा संचालित सम्पूर्ण निजिबिद्यालयहरु, जिल्लामा रहेका र हाल काम गरिरहेका निर्माण ब्यबसायी र सप्लायर्स, यातायात ब्यबसायिहरु, जडिबुटी/धन जन्यपदार्थ सम्बन्धि ब्यबसायिहरु, निजि अस्पताहरुलाइ आफ्नो जनपरिषद नेपालमा दर्ता अनुरोध गरेको छ ।

परिषदको तर्फबाट प्रमुख मौसमले एक बिज्ञप्ति जारीगर्दै तोकिएको समय भित्र दर्ता गर्न नआउने संघ/संस्था र ब्यबसायिहरुको सम्पूर्ण कामकारबाही रोक्का गर्ने चेतावनी समेत दिएको छ । जनपरिषद नेपाल नेकपा निकट जनसरकार हो ।

यस्तो छ विज्ञप्ती

प्रकाशित मिति : २०७६ बैशाख २४ गते मङ्गलवार