बैशाख २४, दाङ ।
सरकारद्वार प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले दाङ शान्तिनगरका आगलागी पीडितलाई राहत वितरण गरेको छ । सोमबार दिउँसो साँढे १ बजेतिर हावाहुरीको कारण भएको आगलागीबाट शान्तिनगर गाउँपालिका वडा नम्बर ४ जुम्लेकुला सुन्दर टोलमा ३ घर पूर्णरूपमा जलेर पीडित भएका गौरीलाल रेउले, बुद्धि बहादुर रेउले, कुल बहादुर रेउलेका परिवारलाई सो पार्टीको शान्तिनगर गाउँ कमिटीले राहात दिएको हो ।
शान्तिनगर तथा ११ नम्बर सेक्रेटरी मनोज परियारको नेतृत्वमा सोमबार साँझ घरमै पुगेर आगलागीबाट पशु चौपायासहित सरसामान सबै जलेर नष्ट भएका घरपरिवारलाई ३ कठ्ठा चामल र ५/५ किलो चना वितरण गरेको नेकपाले जनाएको छ ।
त्यस्तै मंगलबार नेपाल रेड्क्रस सोसाईटी पवननगर उपशाखाले पनि आगलागी पिडितलाई राहत वितरण गरेको छ । २५÷२५ केजी चामल, त्रिपाल, खाना पकाउने भाडा, बाल्टी र लत्ताकपडा वितरण गरिएको हो ।
शान्ती सामुदायिक वन उपभोक्ता समिती शान्तीनगरले १५० क्युफिट दार उपलब्ध गराउने पनि जनाएको छ । पिडित परिवार लाइ गैरिखेत खानीपानी उपभोक्ता समिती शान्तिनगरले प्रती परिवार दश हजार रुपैया उपलब्ध गराउने पनि सो संस्थाले जनाएको छ ।