• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा स्थापित गोरखा ग्रुप प्रालिको नयाँ संचालक समिती गठन


पूर्ण के.सी. बैशाख २५, दाङ । दाङमा रहेको गोरखा ग्रुप प्रालिको नयाँ सञ्चालक समिति गठन भएको छ । ग्रुपको प्रथम बृहत भेलाले मानबहादुर बुढाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

जसको सदस्यहरुमा बिष्णुप्रसाद घर्ती मगर, नौलसिंह घर्ती, जंगबहादुर पुन, दुर्गाबहादुर केसी, बालकृष्ण रोका मगर, उत्तमराज घिमिरे, मानसिंह घर्ती मगर, धनकुमार बुढामगर चयन भएका छन् ।

उक्त कार्यसमितिको कार्यकाल पाँच बर्षको हुनेछ । यस अघि तदर्थ समितिले गोरखा ग्रुप सञ्चालन गरिरहेको थियो ।

अहिले गोरखा ईन्टरनेश्नल पब्लिक सेकेन्डरी स्कूल घोराही, गोरखा सेकेन्डरी स्कुल तुलसीपुर, गोरखा मोडेल सेकेण्डरी स्कुल लमही, भिक्टोरिया ईन्टरनेशनल कलेज घोराही, गोरखा मोडेल कलेज तुलसीपुर, स्वर्णिम देउखुरी कलेज र गोरखा पब्लिक हस्टिल सञ्चालनमा ल्याएको छ ।

साथै आउँदा दिनमा कृषि हाईड्रो लगायतका क्षेत्रमा लगानी गर्ने योजना रहेको सञ्चालक नवलसिंह घर्तीले बताए । यस्तै ग्रुपले गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृति बितरण गर्नेलगायत बिभिन्न मानबीय कार्यमा सहयोग गर्ने लक्ष्य राखेको अध्यक्ष मानबहादुर बुढाले बताए ।

उनले आगामी पाँचबर्ष भित्र एक करोड राशी भएको गोरखा फाउन्डेशनको स्थापना गर्ने लक्ष्य रहेको बताए । साथै ग्रुपको खुद नाफाको १० प्रतिशत गोरखा कोषमा जम्मा गरिने उनले बताए ।

प्रकाशित मिति : २०७६ बैशाख २५ गते बुधवार