• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

व्यवसायी धरापमा पर्न लागेको भन्दै सल्यान रुकुम यातायातले अन्य समिति र प्रालिसँग छलफल गर्ने


बैशाख २५, सल्यान ।
सल्यान रुकुम यातायात व्यवसायी समितिले सम्पुर्ण यातायात ब्यवसायी समिति र प्रा.लि.हरु सँग विभिन्न बिषयमा छलफल गर्ने निर्णय गरेको छ ।

मंगलबार श्रीनगरमा बसेको बैठकले सल्यान जिल्ला र जिल्ला बाहिरको यातायातका साधनलाई प्रभावकारी ढंगले संचालन गर्ने बिषयमा विभिन्न समिति र प्रा.लि हरु संग छलफल गर्ने निर्णय गरेको हो समितिका अध्यक्ष अरबिन्द कुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले पछिल्लो समयमा यातायात संचालन प्रक्रियामा अस्वस्थ प्रतिस्पर्धा रहेकाले यसलाई ब्यवस्थित गर्नको लागी छलफल गर्ने बताईएको छ ।

केहि बर्ष यता यातायात क्षेत्रमा ब्यवसायीको संख्या तिब्र रुपले बढ्दै आएको र ब्यवसायीले बैंकलाई गाडीको ऋृण तिर्न नसकेर गाडी जफत हुने समस्या तिब्र रुपले बढेको समितिका बरिस्ठ उपाध्यक्ष डम्बरबहादुर कंवरले बताए । अब यातायात क्षेत्र नै धरासायीमा पर्ने संकेत देखिएको उनले बताए । आफ्नो समिति लगाएत अन्य धेरै समितिहरुमा यो समस्या देखिएकाले यसलाई सहज गराउनको लागी आफुहरुले अन्य समिति र प्रा.लिहरु संग छलफल गर्ने उनले बताएका छन् ।

केहि दिन भित्रमै राप्ती सार्वजनिक यातायात ब्यवसायी समिति,नमस्ते राप्ती यातायात प्रा.लि., शारदा यातायात प्रा.लि. र सल्यान शारदा यातायात प्रा.लि. बिच आफुहरुले छ्लफल गर्ने, निर्णय गरेको सल्यान रुकुम यातायात ब्यवसायी समितिका महासचिव लालबहादुर बुढाथोकीले बताए ।

प्रकाशित मिति : २०७६ बैशाख २५ गते बुधवार