• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

रुकुमलाई चिनाउने गीत सार्वजनिक (भिडियो सहित)


बैशाख २५, रुकुम ।

रुकुमैको सेरो र फेरोु बोलको झ्याउरे गीतको भिडियो सार्वजनिक गरिएको छ। उक्त गीतको केही समयअघि नै अडियो बजारमा आइसकेको थियो ।

गीतमा रुकुम जिल्लाका पर्यटकीय र मनोरम ठाउँहरुलाई वर्णन गरिएको छ। आफ्नो जिल्लाको मौलिक संस्कृति जोगाउन र प्रचारप्रसार गर्न गीत तयार पारिएको गायक तिलक परियारले बताए। पवन खड्काको प्रस्तुती रहेको गीतमा शब्द लक्ष्मण ओली र लय याम बस्यालको रहेको छ।

गीतमा लोकप्रिय गायक तिलक परियार र प्रेम प्रकाश परियारले स्वर दिएका छन् । मालश्री रेकर्डिङ्ग स्टुडियोमा गीत रेकर्ड भएको हो ।

यस्तो छ भिडियो

प्रकाशित मिति : २०७६ बैशाख २५ गते बुधवार