• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

विप्लव नेकपाका पोलिटब्यूरो सदस्य भरत बम गिरफ्तार


बैशाख २५, बाँके ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकका पोलिटब्यूरो सदस्य भरत बम पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलका अनुसार उनी नेपालगन्जको जानकी गाउँपालिका–६ गहनापुरबाट बुधबार पक्राउ परेको प्रहरीले जनाएको छ । भरत बम विप्लव नेकपाका सुदर्शनपछि पक्राउ पर्ने दोस्रो ठूला नेता हुन् । उनी नेता प्रकाण्डसँगै जनयुद्ध लडेका नेता हुन् ।

उनलाई बम सहित पक्राउ गरेको प्रहरीको आरोप छ । उनको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २५ गते बुधवार