• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

ग्रामीण विकास लघुवित्तको १ दिने समीक्षा गोष्ठी सम्पन्न


जनक चन्द बैशाख २६, नेपालगञ्ज ।
ग्रामीण विकास लघुवित्त बित्तीय संस्था बाँके बेतहनीले शाखाले उतकृष्ट कार्य गर्ने ाफ्ना तिन जना कर्माचारीलाई सम्मान गरेको छ । नेपालगञ्जमा सम्पन्न स्तरीय केन्द्र प्रमुख र उप प्रमुखहरुको १ दिने समीक्षा गोष्ठीको अवसरमा शुसिला थापा, लक्ष्मी बराल र पिन्की थापालाई सम्मान गरिएको हो ।

संस्थाका क्षेत्रीय प्रबन्धक खगेन्द्र अर्यालको प्रमुख आथित्यमा संचालन भएको गोष्ठिमा विशिष्ठ अतिथि निबर्तमान क्षेत्रीय प्रमुख कुमार बहादुर सिंह र अतिथिहरू कर्जा महाशााखा भानदेब बोगटटि, ईलाका प्रमुख खडक बहादुर शाही र शिला शर्माको उपस्थिति रहेको थियो ।

संस्थाका बारेमा र विभिन्न केन्द्रका प्रमुखहरूले राखेको जिज्ञासाहरूमा संस्थाका कर्मचारि कुमार बहादुर शाही, खगेन्द्र अर्याल र खड्ग बहादुर शाहीले प्रष्ट पारेका थिए । त्रिभुवनचौकमा रहेको महेन्द्र पुस्तकालयको सभा हलमा सम्पन्न भएको गोष्ठिमा स्वागत मनतब्य संस्थाकै कर्मचारी रोशन केसीले गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरूले २० बर्षको अवधिमा २० वटा संस्थाको सदस्य भै कारोबार गरेको र ग्रामिण बैक जस्तो सहज सरल र शिष्ट कर्मचारी अरुमा नभेटेको कुरा ब्यक्त गरेका थिए ।

उक्त गोष्ठिमा बैंकले गरीरहेको काम कार्बाहीबाट जनतामा कस्तो प्रभाव परेको छ ? र अंझ प्रभाबकारी बनाउन के कस्तो योजना बनाउने भन्ने बिषयमा छलफल हुनुका साथै बिभिन्न केन्द्रका सदस्यहरुले सानो लगानी बाट कसरी आत्मा निर्भर बन्न सकिन्छ भन्ने मुल बुदाहरूमा समीक्षा गरिएको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख २६ गते बिहिवार