• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

Breaking : सल्यानको ढुङ्गेकटेरिमा भीषण आगलागी


बैशाख २६, सल्यान ।
सल्यानको ढुङ्गेकटेरिमा भीषण आगलागी भएको छ । कालिमाटी गाउँपालिका वडा नम्बर १ मा पर्ने ढुङ्गेकटेरिमा बिहान ९ बजेदेखि सुरु भएको आगलागी यो समाचार तयार पार्दासम्म नियन्त्रणमा आएको छैन् ।

आगलागीबाट अहिलेसम्म एउटा गोठ, एक गोरु, गहुँ र बेसार बारी जलेको १ नम्बर वडा अध्यक्ष रबिलाल बस्नेतले लेकाली अनलाइनलाई बताए । शारदा नगरपालिका वडा नम्बर १० सँग जोडिएको यो क्षेत्रमा अत्याधिक सल्लाघारी रहेको उनले बताए । सल्लाको कुसुम र संकलित खोटो भएकाले आगो निभाउन मुस्कील भएको उनले बताए ।

गाउँदेखि पश्चिम भागमा रहेको सल्लेरी वनमा आगो लागेको र नियन्त्रणमा लिन गाउँलेहरु लागेको उनले बताए । प्रहरी पनि त्यहाँ पुगेको र गाउँमा आगो सक्ने भन्दै सतर्कता अपनाइएको उनले बताए ।

आगलागीको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७६ बैशाख २६ गते बिहिवार