• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानको कालिमाटी गाउँपालिकाले ५ लाख खर्च गरेर काठमाडौंबाट पत्रकार बोलायो


बैशाख २६, सल्यान ।
सल्यानको कालिमाटी गाउँपालिकाले ५ लाख रुपैँया खर्च गरेर काठमाण्डौँबाट पत्रकारहरु झिकाएको छ । एक हप्ते पत्रकारिता तथा उद्घोषण तालिमको नाममा कालिमाटी गाउँपालिकाले ५ लाख रकम खर्च गरेको हो । तालिम बैशाख २३ गतेदेखि सुरु भएर बैशाख २९ गते समापन हुनेछ ।

कोहोलपुर क्रिएटिभ ग्रुप प्रा.लि.ले आयोजना गरेको यो तालिमको जम्मा ५ लाख बजेट गाउँपालिकाले बिनियोजन गरेको श्रोतले जनाएको छ । गाउँपालिकाको अनुसार प्रत्यक वडाबाट ३ जना परिक्षार्थी छनोट गरेर तालिम दिइएको छ । यो गाउँपालिकामा जम्मा ७ ओटा वडा रहेका छन् । यहि बजेटबाट परिक्षार्थीहरुलाई खाना बस्नको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

तर तालिमको लागी धेरै खर्च गरेर पोखरा, काठमाण्डौँबाट पत्रकारहरु झिकाइएको छ । श्रोतका अनुसार सामान्य आधारभुत तालिममा ५ लाख बजेट बिनियोजन गर्नु र जिल्ला बाहिरबाट प्रशिक्षकहरु बोलाउनु धेरै महंगो भएको बताइएको छ ।

यस बिषयमा सल्यानका पत्रकारहरुले बिरोध पनि गरेका छन् । जिल्लामा यस्ताखालका कार्यक्रमहरु राख्दा सबै पत्रकारहरुको साझ संस्था नेपाल पत्रकार महासंघ जिल्ला शाखासँग छलफछल तथा सहकार्य गरेर कार्यक्रम गर्नुपर्न महासंघ सल्यान शाखाका सचिव शंकर केसीले बताए । उनले भने– “हामीले जिल्लाको पत्रकारिताको विकासको लागी पटकपटक स्थानीय तहहरुलाई बोलाएर कार्यक्रम राख्ने गर्छाै तर उहाँहरुले जिल्लाकोलाई वास्था नगरेर बाहिरकोलाई प्राथामिकता दिनुभयो ।”

यस्तो कार्यले गर्दा जिल्लाको पत्रकारिता नै छैनकी भन्ने प्रश्न खडा हुनसक्ने उनले बताए । सबै स्थानीय तहहरुले यस्तो विषयमा ख्याल गर्नुपर्ने उनको आग्रह छ ।

त्यस्तै जिल्लास्थित एक पत्रकारले भने– “आधारभुत तालिमको लागी सल्यानमा प्रशिक्षण दिने पत्रकार हुँदाहुँदै कालिमाटी गाउँपालिकाले लाखौ रकम खर्च जिल्ला बाहिरबाट पत्रकारहरु बोलाउने कार्य राम्रो भएन्, यसले जिल्लाको बिजेत भयो ।” जिल्लाका मिडियाले सामान्य खर्चमा तालिम दिन सक्ने भन्दै उनले बाहिरको मिडियालाई बोलाएर ५ लाख खर्च गर्ने कार्य गलत भएको बताए ।

यस बिषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाही, जिल्ला सल्लाहकार शनतकुमार शर्मा, केन्द्रीय पार्षद पुरुषोत्तम गिरी लगाएतका पत्रकारहरुले कालिमाटी गाउँपालिकाले गलत कार्य गरेको भन्दै बिरोध जनाएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख २६ गते बिहिवार