• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यान पश्चिममा सशस्त्र प्रहरीले गर्याे विपद व्यवस्थापन सम्बन्धि सचेतना मुलक कार्यक्रम


इन्द्र बुढाथोकी / बैशाख २६, सल्यान ।

विपद व्यवस्थापन कसरी गर्ने सकिन्छ भने बारे सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी गुल्म सल्यानले विपदको समयमा कसरी सजक र सचेत रहन सकिन्छ भने बारे बिहीबार सल्लीबजारमा कार्यक्रम संचालन गरेको हो ।

प्राकृतिक विपदबाट कसरी बच्न सकिन्छ भनी जिल्ला भरी विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको सशस्त्र प्रहरीले स्थानीय नागरिक, व्यापारी सँग सम्भावित घटना हुन नदिन के गर्ने सकिन्छ भनेर कार्यक्रम गरेको सशस्त्र प्रहरी प्रमुख डिएसपी बिमल डाँगीले जानकारी दिए । उनले बिपद अन्तर्गत डढेलो नियन्त्रण, आगलागी, पहिरो, चट्याङ, ग्यासबाट हुन सक्ने सम्भावित क्षतिबाट कसरी बच्ने भन्ने बिषयमा स्थानीयलाई सिकाईएको बताए ।

कार्यक्रम नगरपालिका प्रमुख गोविन्द कुमार पुन, प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्री, ५ नम्बर वडा अध्यक्ष कमल विक, १ नम्बर वडा अध्यक्ष शान्त कुमार यरी, नेपाल पत्रकार महासंघ सल्यानका सहसचिब शिब डाँगी, पत्रकार विप्लव महर्जन, मिना बुढाथोकी लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख २६ गते बिहिवार