• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा स्थानीय सरकारले वास्ता नगरेपछि जनताले आफ्नै लगानीमा सडक खने 


इन्द्र बुढाथोकी / बैशाख २६, सल्यान ।
देशका अधिकास क्षेत्रहरूमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारबाट बिनियोजित बजेटबाट सडकहरु बनाउने काम धमाधम चलिरहेको छ । तर सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ का स्थानीयबासीले भने आफ्नै लगानीमा १ किलोमीटर मोटर बाटो बनाएका छन् ।

कुवा खोला हुदै साउने डाँडा सम्मको १ किलोमीटर सडक स्थानीय २२ घरधुरीले १ लाख १५ हजार लगानीमा निर्माण गरेका हुन् । दैनिक उपभोग्य बस्तु ल्याउन लैजान र गाउँमा बिरामी पर्दा बिरामीलाई बोकेर लैजाउनु पर्ने बाध्यता भएपछि स्थानीयले आफ्नै लगानीमा मोटरबाटो निमार्ण गरेको बताएका छन् ।

सधै विकासको लागि राज्यको मुख ताक्नु भन्दा समाज मिलेमा केही गर्ने सकिन्छ भने उद्देश्यका साथ मोटरबाटो निर्माण गरिएको स्थानीय छविलाल नाथले बताए । नगरपालिका र वडालाई पटकपटक मोटरबाटो निमार्ण गरिदिन आग्रह गर्दा पनि कुनै सुनुवाई नभए पछि प्रत्येक घरबाट रकम संकलन गरी मोटरबाटो निमार्ण गरिएको उनको भनाई छ ।

उनले भने– “पहुँच र पावरका भरमा बजेट हाल्ने, आफ्ना आसेपासेहरु भएको ठाउँमा विकास गर्ने र आफुहरुलाइ सधै उपेक्षा गरेका कारण यस वर्ष हामीले २२ घरधुरीले आफ्नो क्षमता अनुसारको पैसा उठाएर आफ्नै व्यक्तिगत लगानीमा सडक निर्माण गरेका हौं ।”

प्रकाशित मिति : २०७६ बैशाख २६ गते बिहिवार