• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

दाङबाट सल्यानको कोटामौला, डाँगीगाउँ, खोरबारे हुँदै पातिहाल्नसम्म शारदा यातायातको बस संचालन


बैशाख २६, सल्यान ।
दाङबाट सल्यानको कोटामौला, डाँगीगाउँ, खोरबारे जलेखर्क हुँदै पातिहाल्नसम्म बस संचालन भएको छ । बिहीबार पहिलो दिन श्रीनगरबाट कोटमौला, कमलपोखरी, डाँगीगाउँ, खोरबारे, जलेखर्क हुँदै पातिहाल्न पुगेको शारदा यातायातको बसलाई खोरबारेमा स्वागत गरिएको छ ।

पहिले कोटमौलबाट सिधै जलेखर्क हुँदै पातिहाल्नसम्म बस संचालन हुनेगरेको थियो । तर यो क्षेत्रका नागरिकलाई सहज हुने भन्दै यो रुडबाट शारदा यातायातले बस थप गरेर संचालन गरेको हो ।

बर्षै पहिले सडकको ट्याक खोलिएको यो क्षेत्रमा नेकपाका कर्णाली प्रदेश सदस्य लोक बहादुर डाँगीको पहलमा यो आर्थिक बर्ष कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयबाट २५ लाख बजेट बिनियोजन गरेर सडक चौडा बनाइएको हो । सुन्तलाको लागी पकेट क्षेत्र मानिने यो ठाउँमा सडक चौडा गरेर बस संचालन गरेपछि कृषिमा पनि फाइदा हुने स्थानीयहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख २६ गते बिहिवार