• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङमा अपांगता भएका व्यक्तिहरुका लागि बाख्रा तथा शैक्षिक सामग्री वितरण


बैशाख २७, दाङ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ मा अपांगता भएका व्यक्तिहरुका लागि बाख्रा तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.८काे अार्थिक सहयाेग तथा वडा स्तरिय अपांगता समन्वय समितिकाे अायाेजनामा तुलसिपुर उपमहानगरपालिका वडा नं.८ मा रहेका अपांगता भएका व्यक्तिहरुका लागि बाख्रा तथा शैक्षिक सामग्री वितरण कार्यक्रम अाज सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बेदबहादुर के सी काे प्रमुख अातिथ्यता तथा वडा अपांगता समन्वय समितिका संयाेजक तेजकुमारी भुसालकाे सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि के.सीले वडामा रहेका अपांगता भएका व्यक्तिहरुकाे अायअार्जन र शिक्षामा पहुँच पुर्‍याउनु अाफ्नाे जिम्मेवारी भएको र हरेक अपांगता भएका व्यक्तिहरुकाे अधिकार कार्यान्वयन गराउन अाफु लागिपर्ने तथा अागामी वर्ष पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने बताउनु भएको थियोे ।

साे अवसरमा १२ जना लाई बाख्रा र १५ जनालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियोे ।

उक्त कार्यक्रममा वडा सदस्य गाैमती सार्की, राप्ती बहिरा संघका प्रतिमा शर्मा , अपांगता पैरवी सहजकर्ता देवा डाँगी लगाएतकाले मन्तव्य राखेका थिए । कार्यक्रम काे सहजिकरण समितिका सचिव बालकुमार देवकाेटाले गर्नु भएको थियोे ।

यस्तै ,तुलसीपुर उपमहानगरपालिका वडा नं.९ मा अपांगता भएका व्यक्तिहरुकालागि २ दिने क्षमता विकास तालिम  सुरु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.९ काे अायाेजना तथा वडास्तरिय अपांगता समन्वय समिति वडा नं.९काे समन्वयमा अाज देखि तुलसीपुर उपमहानगरपालिका वडा नं.९ मा सुरु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.९ का वडा अध्यक्ष घनश्याम ढकालकाे प्रमुख अातिथ्यता तथा वडास्तरिय अपांगता समन्वय समितिका संयाेजक सुरेश विक काे सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथि ढकालले अपांगता भएका व्यक्तिहरुकाे जीवन स्तर माथि उठाउनका लागि सर्वप्रथम अपांगता भएका व्यक्तिहरुकाे क्षमता विकास हुन अावश्यक छ । तसर्थ त्यही अावश्यकतालाई मध्यनजर गर्दै वडाले हरेक वर्ष विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै जाने कुरा बताएका थिए ।

उक्त कार्यक्रममा प्रशिक्षकहरु माेहन धिताल,प्रतिमा शर्मा र देवा डाँगीले अपांगताका विभिन्न विषयमा प्रशिक्षण गर्नु भएको थियोे ।

कार्यक्रममा वडा सदस्य धना भुसालले अाफ्नाे मन्तव्य राख्नु भएको थियोे । वडा सचिव गणेश प्रसाद अाचार्यकाे सहजिकरण रहेकाे तालिम भाेलिसम्म सञ्चालन हुने बताईएकाे छ ।

 

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार