बैशाख २७, रुकुम ।
रुकुम पश्चिममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक नेतालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
शर्मालाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । प्रहरीले गोली प्रहर गरे पनि शर्मा भने सकुशल रहेको बताइएको छ ।
शर्मालाई गिरफ्तार गर्नुको कारणबारे भने प्रहरीले केहि खुलाउन नचाहे पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले नेकपाका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यहि समात्न ओली सरकारबाट आदेशपाएदेखि धरपकड र गिरफ्तारी ह्वात्तै बढाएको छ ।
फोटो फाइल