• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

पत्रकार सम्मेलनबाट विप्लव निकट विद्यार्थी संगठनका अध्यक्ष चिरन्जीवी ढकाल गिरफ्तार


बैशाख २७, काठमाडौं ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ ।

शुक्रबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा ११ विद्यार्थी संगठनले गरेको पत्रकार सम्मेलनमा प्रहरीले हस्तक्षेप गरि कार्यक्रमबाट ढकाललाई गिरफ्तार गरेको हो ।

महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले उनलाई गरिएको गरेको पुष्टि गरे। ढकाललाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको र उनीमाथि थप अनुसन्धान गरिने बोगटीले बताए।

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार