बैशाख २७, सल्यान ।
सल्यान मुलपानीको जंगलमा लागेको आगो गाउँमा पसेपछि एउटा घर जलेर नष्ट भएको छ । राप्ती राजमार्ग नजिकै पर्ने कपुरकोट गाउँपालिका ३ मुलपानीमा एक स्थानीयको एउटा घर आगोले जलेर नस्ट भएको हो ।
शुक्रबार स्थानीय सामुदायीक वनमा लागेको आगो नियन्त्रणमा लिन नसकेपछि उनको घर जलेको इलाका प्रहरी कार्यालय कपुरकोटले जनाएको छ । आगलागी भएको घर कस्को हो भनेर अझै आइनसकेको इप्रकाले जनाएको छ । आगो निभाउन इलाका प्रहरी कार्यालय कपुरकोटका प्रहरी, स्थानीय, राजमार्गमा आवतजावत गर्ने यात्रुहरु लागेपनि अझै नियन्त्रणमा आउन सकेको छैन् ।
लुहामबाट दाङ जाँदै गरेका संगम विहानीले लेकाली अनलाइनसँग कुरा गर्दै भने, “हामी गाडीमा हिडिरहेका थिइउ, जंगलमा लागेको आगो गाउँ पसेर घर जलिरहेको देखेपछि निभाउन गयौँ, तर हाम्रो केहि लागेन्, घर दन्कियो ।”
घटनाको थप विवरण आउन बाँकी छ
तस्बिर : संगम विहानी