• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यानका विद्यालय : कक्षामा कम्प्यूटर छन् तर बिग्रिएर काम गर्दैनन्


मिना बुढाथोकी / बैशाख २७, सल्यान ।
सरकारले कक्षा ६ देखि ८ सम्म १०० पुर्णांकको मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय राख्न सकिने गरी साप्ताहिक रुपमा पाठ्यभार ५ छुट्याएको छ । यसै अन्र्तरगत सल्यान जिल्लामा रहेका झण्डै सत प्रतिशत विद्यालयहरुले कक्षा ६ देखि ८ सम्म १०० पुर्णांकको ऐच्छिक विषयमा कम्प्युटर विषय राखेका छन् ।

पाठ्यक्रम अनुसार कम्प्युटर विषयको परिक्षा बनाउदा ५० प्रतिशत शैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक बनाउनुपर्ने व्यवस्था छ । विद्यार्थिहरुले कम्प्युटर पढ्दा पनि प्राविधिक कुरा भएकोले कम्प्युटर हुनैपर्ने हुन्छ ।

तर जिल्लाका अधिकाँश विद्यालयमा कम्प्युटर र वत्तिको व्यवस्था  नहुँदा विद्यार्थिहरुले कम्प्युटर विषयको परिक्षा कम्प्युटर नदेखेरै दिनुपर्ने बाध्यता छ । त्रिभुवन जनता मावि भोटेचौरमा कक्षा ७ मा अध्यनरत छात्र सन्तोष खड्काले कम्पयुटरमा बसेर प्रयोग गर्न नपाएरै किताबको भरमा कम्पुटर विषयको परिक्षा दिएको बताए ।

कम्प्युटर नदेखेर परिक्षा दिने सन्तोष मात्रै एक्ला विद्यार्थी हैनन् ।  उनी जस्ता जिल्लाका दुई सय बढि विद्यालयका अधिकांश विद्यार्थीहरुले कम्प्युटर नदेखिकनै परिक्षा दिने गरेका छन् । विद्यार्थीले मात्र हैन शिक्षकले समेत कम्पयुट देख्न पाएका छैनन् ।

शिक्षकहरुले पनि तालिम विनानै किताबको भरमा सिकाइरहेका छन् । विद्यार्थीलाइ प्रयोगात्मक कक्षा बाट सिकाउनु पर्ने कम्युटर कक्षा विद्यालयको बोर्डमा लेखेर तथा किताब मा भएको सामाग्रीको भरमा कक्षा संचालन गर्नु पर्दा आफुलाइ समस्या हुने गरेको भोटेचौरका कम्पयुटर शिक्षक लक्ष्मी केसीले बताइन् ।

२०७० सालदेखि विद्यालयमा कम्प्युटर विषय पढाउन थालेको छत्रेश्वरी गाउँपालिकामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय भोटेचौरमा शिक्षक बिनानै दुइ वर्षसम्म कम्पयुटर कक्षा संचालन भयो । तर ०७३ सालदेखी यता विद्यालयमा रहेका ९ वटा कम्पुटर विग्रिएपछि कम्युटर कक्षा बन्द भएको छ । विद्यालयका प्रधानाध्यापक जित बहादुर भण्डारीले अहिले विद्यालयमा विद्यार्थीको अनुपातमा कम्पयुटर हरु प्रयाप्त नभएको र  भएका कम्पयुटर पनि विग्रिएको पछि अवस्था चिन्ताजनक भएको बताए ।

आधारभुत तहको शिक्षा सम्वन्धि अधिकांश जिम्मेवारी स्थानिय तहमा रहेको अवस्थामा स्थानिय तहहरुले शिक्षा क्षेत्रमा त्यती चासो दिएको देखिदैन् । स्थानीय तहबाट विद्यालयको अवस्था अनुगमन नभएकाले पनि समस्या ज्युका त्यु रहेको छ ।

विद्यालयमा कम्पयुटर कक्षा संचालन गर्नु पर्छ भनेर विद्यालयका कम्पुयटर उपलब्ध गराए संगै शिक्षकको पनि व्यवस्था गरिएको छ तर विद्यार्थीले कम्पयुटर हेर्न पाएका छन कि छैनन यस कुराको जानकारी स्थानीय तहलाइ नभउको पाइएको छ । कम्पुटर कक्षा संचालन भए नभएको बारे गाउँपालिकालाइ जानकारी नभएको छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए ।

जिल्लामा कक्षा १ देखि ८ सम्म संचालन भएका डेढ सय बढी विद्यालय छन् भने माध्यमिक विद्यालय झण्डै १ सयको हाराहारीमा रहेका छन् । ति मध्ये अधिकाँश विद्यालयमा कम्पयुटर भएपपनि कक्षा प्रभावकारी नहुंदा समेत कसैले चासो दिएको देखिंदैन् । जस्ले गर्दा विद्याथृिको भविष्य माथि खेलवाड भएको अभिभावकले गुनासो गरेका छन् ।

 

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार