• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यानको रामकाडामा भीषण आगलागी, अहिलेसम्म ८ घर जलेर नष्ट


बैशाख २७, सल्यान ।

सल्यानको रामकाडामा आगलागी हुँदा ८ घर जलेर नष्ट भएका छन् । छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रामकाडाको इन्द्रेणी सामुदायीक वनमा लागेको आगो गाउँमा पसेपछि ८ घर जलेर नस्ट भएका हुन् ।

बिहीबार बेलुका देखि वनमा लागेको आगो शुक्रबार दिउँसो २ बजे गाउँमा पसेपछी घर जलेर नस्ट भएको सामुदायीक वनका अध्यक्ष राम बहादुर बुढाथोकीले बताएका छन् । उनका अनुसार स्थानिय जित बहादुर रानाका २ घर, ओम बहादुर रानाका २ घर, टुल्क बहादुर रानाका २ घर, गौरीलाल र पदम बहादुर रानाका एक एक वटा घर जलेर नष्ट भएका छन् ।

आगलागी बाट मानविय क्षती नभएतापनि खाद्यान्न तथा लत्ता कपडा जलेर नष्ट भएका छन् । आगो बेलुका साढे ६ बजे यो समाचार तयार पार्दासम्म नियन्त्रणमा आएको छैन् ।

नजिकै रहेको तुसारे र सिमपानीमा आगो छिर्न लागेको वडा अध्यक्ष चुडामनी दसौदीले जानकारी दिए । स्थानीयहरु घर छोडेर सुरक्षित गन्तव्यमा लागेका छन् भने केहि स्थानीयहरु आगो निभाउन लागेतापनी हावा ठूलो लागेका कारण निभाउन कठिनाई भएको छ ।

आगो निभाउन उक्त स्थानमा सबुज गन सिमखर्क बाट नेपाली सेनाको टोलि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि पुग्दै गरेको शसस्त्र प्रहरीका डिएसपि बिमल डाँगीले बताएका छन् ।

 

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार