• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको त्रिवेणी गाउँपालिकाले नगर प्रहरी नियुक्ती गर्याे


बैशाख २७, सल्यान ।

आफ्नो गाउँपालिकाको रेखदेख गर्ने भन्दै सल्यानको त्रिवेणी गाउँपालिकाले नगर प्रहरी नियुक्त गरेको छ । गाउँपालिकाको सुरक्षा, विपद व्यवस्थापन, न्याईक समितिको कामकाज तथा भैपरी आउने सम्पुर्ण काममा खटाउनको लागी नगर प्रहरी नियुक्ती गरेको गाउँपालिकाले जनाएको छ ।

पहिलो चरणमा गाउँपालिकाले ३ जना नगर प्रहरी नियुक्त गरेको हो । नगर प्रहरी राख्ने प्रस्तावलाई गाउँकार्यपालिका बैठक बाट निर्णय पारित गराइ गाउँपालिकाले नियुक्त गरेको अध्यक्ष मान बहादुर डाँगीले बताए ।

केही समय अगाडि विज्ञापन खोलेर स्थानिय जीवन विक, केशब ओली गोमा बुढालाई १५ दिनको आधारभुत तालिम दिई नियुक्त गरेको उनले बताए । विशेष गरि अहिले उनिहरु गाउँपालिकाको कार्यालय सुरक्षा र न्याईक समितीमा उजुरी परेका ब्यक्तीहरुलाई घरमै गएर गाउँपालिका सम्म ल्याउने काममा खटाई रहेको अध्यक्ष डाँगीले बताए ।

नियुक्त भएकाहरुलाई ईलाका प्रहरी कार्यालय लुहामले सुरक्षा सम्बन्धी आधारभूत  तालिम दिएको थियो । उनिहरु बिहान ६ बजे देखि बेलुला ७ बजे सम्म गाउँपालिकाले उपलब्ध गराएको पोसाकमा गाउँपालिका परिसरमा देखिन्छन् ।

उनिहरुको मासिक तलब १३ हजार तोकिएको छ । रासन भत्ता स्वरुप उनिहरुले मासिक ४ हजार पाउने र गाउँपालिकाले निर्धारण गरेको एकजोर पोसाक पनि उपलब्ध गराएको गाउपालिका उपाध्यक्ष करुणा खड्काले बताएकी छन ।

सल्यान जिल्लाका १० स्थानीय तहहरु मध्य त्रीबेणी गाउँपालिकाले पहिलो पटक नगर प्रहरी राखेको हो ।

 

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार