• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको एक विद्यालय : जहाँ कक्षा ४ मा ४ जना विद्यार्थी छन् (भिडियो सहित)


बैशाख २७, सल्यान ।
सल्यानमा एउटा विद्यालयको कक्षा ४ मा ४ जना मात्रै विद्यार्थीहरु रहेका छन् ।  शारदा नगरपालिका १३ स्यानीखाल अत्तरकाँडामा रहेको दिपेन्द्र चौतारा आधारभुत विद्यालयमा कक्षा ४ मा जम्मा ४ जना विद्यार्थीले अध्ययन गर्ने गरेका छन् ।

कुल ५० जना विद्यार्थीले अध्ययन गर्ने उक्त विद्यालयमा पछिल्लो समय विद्यार्थीहरुको संख्या घट्दै गरेको विद्यालयका प्रधानध्यपाक कृष्ण कुमार गौतमले बताए । बसाईसराई, निजी विद्यालयमा पढाउने रहर, जन्मान्तरणको कारण विद्यार्थी संख्या घट्न थालेको उनले बताए ।

उनले भने, “यहाँका नागरिकहरु बसाईसराई गरेर बेशीतिर झर्ने, बैदेशिक रोजगारका कारण विदेश गएका अभिभावकले बोर्डिङ पढाउनु पर्छ भन्ने मानसिकताले भै विद्यार्थीको संख्या घटेको हो ।” बालविकास देखि कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था गरिए पनि विद्यालय चिन्ताजनक अवस्थामा रहेको छ ।

हेर्नुहोस् पत्रकार योगराज विकले तयार पारेको भिडियो रिपोर्ट

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार