• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यान छत्रेश्वरी ६ मा भीषण आगलागीः एक जनाको मृत्यु, एक गम्भीर घाईते


बैशाख २८, सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाडामा भएको भीषण अगलागी सिमपानीमा पुगेको छ । आगो निभाउने क्रममा सिमपानीमा एक जनाको मृत्यु मृत्यु भएको छ भने एकजना गम्भीर घाईते भएका छन् ।

मृत्यु हुनेमा सिमपानीका ५५ बर्षीया पेन्टी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले पुष्टी गरेको छ । आगोमा परि सोहि ठाउँका ४० खगेन्द्र बोहरा पनि गम्भीर घाईते भएका छन् । ६ नम्बर वडा चुडामणी दसौतीका अनुसार आगो नियन्त्रणमा लिन मुस्कील छ । उनले भने, “आगोको धुवाले यहाँ केहिपनि देखिदैन्, यहाँ अन्य घाईते वा मृत्यु भएको पनि आसंका गरिएको छ ।”

घाईतेलाई जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भैरहेको तर जंगलमा ठुलोमात्रामा आगो सल्कीएको कारण एम्बुलेन्स बिचैमा रोकिएको उनले बताए ।

आगलागी शुक्रबार बिहानदेखि भएको हो । सिमपानी गाउँ बिचमा भएको र चारैतिरको जंगलमा आगो फैलिएको छ । अहिले सिमपानी गाउँ आगलागीको उच्च जोखिममा रहेको अध्यक्ष दसौतीले लेकाली अनलाइनलाई बताए ।

घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालय सल्यान, ईलाका प्रहरी कार्यालय लुहाम, श्रीनगरको टोली, सशस्त्र प्रहरी र स्थानीयहरु पुगेका छन् । सोहि आगोले हिजो रामकाडामा ८ घर जलेर नष्ट भएका छन् ।

 

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार