• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

आगलागीमा पर्दा सल्यानमा भिरबाट लडेर एक व्यक्तीको मृत्यु


बैशाख २८, सल्यान ।
सल्यानका आगलागीमा परि भिरबाट लडेर एक व्यक्तीको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका ९ दुवेरी पुनटोलका अन्दाजी ६३ बर्षीय गोवर्धन पुनको स्थानीय काफलखोली सामुदायीक वनको आगलागीमा परि मृत्यु भएको प्रहरीले जनाएको छ । बैशाख २४ गते घरबाट निस्कीएका उनि परिवारको सम्पर्कमा नआएपछि खोजिकार्य गर्दा शुक्रबार बेलुका मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका इनिस्पेक्टर पंचलाल गोलेले लेकाली अनलाइनलाई बताए ।

बैशाख २४ गतेनै वन आगलागी भएको र त्यतीखेर नै बाटोमा हिड्का जलेर मृत्यु भएको प्रहरीको अनुमान छ । मृतक पुन भिरबाट ३ सय मिटर तल लडेर मृत अवस्थामा परेका हुन् । उनको शरिरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ ।

यसैबिच सल्यानको ठाउँठाउँमा आगलागीको मुस्लोले भीषण रुप लिएको छ । अहिले शारदा नगरपालिका २ लुहापिङमा रहेको सशस्त्र ब्यारेक नजिकै आगलागी भएको प्रहरीले जनाएको छ ।


सशस्त्र ब्यारेक नजिकै भएकोआगलागी, तस्बिरः नविन रावत

उता छत्रेश्वरी गाउँपालिका ६ मा हिजोदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन् । ६ नम्बर वडाको रामकाडामा भएको आगलागी सिमपानीमा पुगेको छ । आगो निभाउने क्रममा आज सिमपानीमा एक जनाको मृत्यु मृत्यु भएको छ भने एकजना गम्भीर घाईते भएका छन् ।

रामकाडामा हिजो भएको आगलागीमा ८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । कपुरकोट गाउँपालिकाको मुलपानीमा हिजो भएको आगलागीले पनि स्थानीय ब्रिजलाल खड्काको घर जलेर नष्ट भएको छ । शारदा नगरपालिका १० मदना नजिकै अस्ती भएको आगलागीले पनि एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानका अधिकांस वन जंगलहरु सल्लाको भएकाले आगलागी हुनेभन्दै सुरक्षकर्मीहरुले सजक हुन आग्रह गरेका छन् । जंगलमा लागेको आगो जतिखेर पनि गाउँ पस्न सक्ने भन्दै सजकता अपनाएर संभावित क्षेत्रको ख्याल गर्न आग्रह गरेका छन् ।

संबन्धीत यस अघिका समाचार

सल्यान छत्रेश्वरी ६ मा भीषण आगलागीः एक जनाको मृत्यु, एक गम्भीर घाईते

सल्यानको रामकाडामा भीषण आगलागी, अहिलेसम्म ८ घर जलेर नष्ट

Breaking: सल्यानको मुलपानी जंगलमा लागेको आगो गाउँमा पसेर हेर्दाहेर्दै एउटा घर दन्कीयो

सल्यानमा जाँड खाएर जंगलमा आगो लगाउने एक व्यक्ति पक्राउ

सल्यानको कालिमाटी गाउँपालिकाले ५ लाख खर्च गरेर काठमाडौंबाट पत्रकार बोलायो

 

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार