• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानका अभिषेकले अस्पताल गई बिरामीलाई फलफुल वितरण गरेर जन्मदिन मनाए


कीर्ति राज ओलि / बैशाख २८, सल्यान ।
आफ्नो जन्मदिनको अवसर पारेर सल्यानमा एक युवाले बिरामीहरुलाई फलफुल वितरण गरेका छन् । नेपाल विद्यार्थी संघ शारदा नगर सभापति तथा ठकुरी सहयोग संजाल सल्यानका अध्यक्ष अभिषेक हमालले आफ्नो जन्मदिनको अवसरमा जिल्ला अस्पताल सल्यानमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।

पत्रकार महासंघ सल्यानका पुर्व सभापति स्वर्गीय उत्तम हमालका छोरा समेत रहेका उनले बिरामी भई दुखमा परेकाहरुलाई सेवा गरेकोमा खुसी लागेको बताए । बिरामीहरुलाई थोरै भएपनि सेवा गरेको भन्दै उनले आउदो बर्ष पनि यसरीनै जन्मदिन मनाउने बताए ।

पछिल्लो समय केहि व्यक्ती संस्थाहरुले जन्मदिनको अवसरमा यस्तै सामाजिक काम गरेर जन्मदिन मनाउने गरेका छन् । सल्यानमा पनि जिल्ला अस्पतालमा यस्तो कार्य हुने गरेको छ । यहाँ जिल्लाभरीका बिरामीहरुले सेवा लिने गर्दछन् ।

 

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार