• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

आचल र बलेको मुख्य भुमिकामा तिलक र मोलिशाको ‘माया पिरती’ सार्वजनिक (भिडियो सहित)


राजन केसी / बैशाख २८, दाङ ।

गायक तिलक बस्नेत र गायिका मोलिशा आलेमगरको “माया पिरती” बोलको गीत सार्बजनिक भएको छ ।

Everest Motion Pictures pvt.Ltd ले बजारमा ल्याएको सार्बजनिक भएको एक हप्तामै निकै लोकप्रियता पाएको छ । गीतमा गायक तिलक र गायिका मोलिशा को स्वर रहेको छ ।

प्राय बिहे,पाटी, वनभोज र मेलामा बज्ने प्याटनको गीत बनेको गायक बस्नेतले जनाएका छन् । उक्त गीत युवा एरेन्जर कमल सौरागले गरेका छन ।

गायक बस्नेतको शब्द संगीत रहेको गीतमा आचल शर्मा, सागर लम्साल (बले) र सुशील तामाङको अभिनय रहेको छ । जसमा शिब विकको निर्देशन रहेको  छ ।

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार