पूर्ण के.सी. बैशाख २८, दाङ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपि वलि नेतृत्वको बलियो सरकार एक बर्षमा बरालिएको आरोप लगाए । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले पश्चिम दाङको श्रीगाउँमा गरेको बृहत शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार जनतालाई अध्याँरोबाट उज्याले तर्फ ल्याउनु भन्दा पनि निरंकुश बन्नतर्फ लागेको टिप्पणी गरे ।
अड्डा अदालत, संवैधानिक आयोग, संसद, संचार चारै तर्फ आर्कमण गरेको बताउदै आफु विरुद्ध संचार माध्यम र समाजिक संजालमा लेख्नेलाई दण्डित गर्नेगरी संसदमा कानुन टेबुल भएको जिकिर गर्नुभयो । सत्तामा पुग्न सहयोग गर्ने पत्रकारहरु निरंकुशताका विरुद्ध आज सडकमा छन के हामीले खोजेको संघिय लोकतान्त्रिक गणतन्त्र यही हो ? थापाले प्रतिप्रश्न गरे ।
विगतको भन्दा अहिलेको शासन व्यवस्था गयगुज्रेको बताउदै थपाले एकोहोरो समृद्धिको रटानले मात्रै नेपालमा समृद्धि नआउने बताए ।
सभालाई कांग्रेस नेता दिपक गिरी, प्रदेशसभा सदस्य डिल्ली चौधरी, नेताहरु गेहेन्द्र गिरी, बुद्धिरामा भण्डारी, घनश्याम रेग्मी, शान्तिगनर गाउँपालिका अध्यक्ष कमानसिङ डाँगी, नेपाली काँग्रेस सल्यानका पूर्व सभापति ध्रुवराज पुरी, काँग्रेस दाङका नेता महादेव शाह, लेवेन्द्र धिताल, जिल्ला विकास समितिका पूर्व सभापति भरत केसी, क्षेत्र नं ५ का कार्यबाहक सभापति घनश्याम ढकाल, प्रेस युनियन दाङका निवर्तमान अध्यक्ष सुशिल बस्नेत, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ घोराहीका अध्यक्ष गुरु कडेल, तुलसीपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष बेनु अधिकारी, आयोजक संस्थाका उपाध्यक्ष गोकर्ण गिरीलगाएतले सम्बोधन गरेका थिए ।
संस्थाका अध्यक्ष जनक खरालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव झलक केसीले गरेका थिए ।