• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

फुट रहेका थारुहरुलाई अधिकारका लागि एकीकृत गर्न आवश्यक


निता चौधरी । बैैशाख २८, दाङ । फुट रहेका थारुहरुलाई आफ्ना अधिकारका लागि एकीकृत गर्न आवश्यक रहेको एक कार्यक्रका वक्ताहरुले बताएका छन् ।

घोराहीको लरैनामा थारुहरुको विभिन्न संगठनको संयुक्त रुपमा भएको पिक्निक कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । थारुहरुको संस्कृति संरक्षण, संबद्र्धन गर्न यस्तो खालको कार्यक्रमले महत्वपूर्ण भूमिका हुने उक्त कार्यक्रमका वक्ताहरुको भनाई छ । थारुहरु अझै पनि राजनितिक, कानुनी, विकास, लगायतका हरेक दृष्टिकोणले पछाडि परिरहेको समेत औँल्याएका छन् ।
घोराही उपमहानगरपालिका ८ लरैनामा रहेको लरैना बासुदेव मन्दिरलाई पर्यटकीय क्षेत्र बनाउन आवश्यक रहेको बताएका छन् । साथै उक्त मन्दिरलाई पर्यटकीय रुपमा विकास गर्न के गर्नुपर्छ, विषयमा छलफल समेत गरिएको छ ।
साथै उनीहरुले जिल्लामा थारुहरुको विभिन्न संगठनले पहिलो पटक संयुक्त रुपमा ऐतिहासिक पिक्निक कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य चूर्ण बहादुर चौधरी, अधिवक्ता रामशरण चौधरी, सामाजिक अभियान्ता तथा थारु बद्धिजीवी सोगतविर चौधरी, घोराही उपमहानगरपालिका वडा नंवर ८ का वडाध्यक्ष चन्द्र प्रसाद चौधरी, थारु पत्रकार संघ दाङका सल्लाहकार केवी चौधरी, महाटवा महाँसंघका उपाध्यक्ष चन्द्र प्रसाद चौधरी, लरैना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र दाहाल लगायतकाले बोल्नु भएको थियो ।

थारु कल्याणकारिणी सभा दाङ देउखुरी, थारु पत्रकार संच दाङ, राष्ट्रिय थारु कलाकार मंच दाङ, थारु विद्यार्थी समाज , थारु महिला सभा दाङको संयुक्त आयोजनामा ऐतिहासिक पिक्निक कार्यक्रम सम्पन्न भएको छ ।
थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य थारु पत्रकार संघ दाङका सल्लाहकार सन्तोष दहित र सहजीकरण थारु पत्रकार लक्ष्मीमान चौधरी र अञ्जना चौधरीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार