• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

डिभाईन टेम्पल एकेडेमीमा तेक्वान्दो ब्ल्याक बेल्ट तथा जुनियर ग्रेडिङ सम्पन्न ।


बैशाख २८, दाङ । डिभाईन टेम्पल एकेडमीमा अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । स्कुलका प्रीन्सिपल भोजराज न्यौपानेको अध्यक्षतामा एवं जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली डाङिको प्रमुख आतिथ्यता र भलिबल खेलका राष्ट्रिय खेलाडी देबेन्द्र बैरागी, प्याब्सन उपाध्यक्ष बिजय जि. यम, नेसनल प्याब्सनका जिल्ला कोषाध्यक्ष हरीप्रसाद भण्डारी ज्युहरुको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा १२० विद्यार्थीहरुले तेक्वान्दो ग्रेडिङमा भाग लिएका थिए ।

जस मध्य १३ जनाले तेक्वान्दोको ब्ल्याक बेल्ट प्राप्त गर्न सफल भएका छ्न । डिभाईन टेम्पल एकेडमीले बिगत 2 बर्ष देखि तेक्वान्दोको छुट्टै प्रशिक्षक राखी विद्यार्थीहरुलाई तेक्वान्दो खेल सिकाउदै आइरहेको छ।

उक्त अवसरमा प्रमुख अतिथि डिल्ली डाङिले खेलकुदले ब्यक्ति, सस्था मात्र होइन सिङो देशलाई चिनाउने हुदा खेलकुदको बिकाश हुन जरुरी भएको बताए । त्यस्तै बिशिस्ट अतिथिहरुले डिभाईन टेम्पल एकेडेमी स्कुल ले खेल क्षेत्रमा छुट्टै पहिचान बनाएको भन्दै प्रशम्सा गरे ।

तुलसीपुर नगरजेसिजका अध्यक्ष समेत रहेका ज्ञानज्योती आधारभूतस्कुल का प्रधानाध्यापक मेघराज घिमिरेले अब डिभाईन टेम्पल एकेडेमीले खेलकुदमा गरेको लगानी र वातावरण सामुदायिक स्कुलले पनि सिक्नु पर्ने बताए । तेक्वान्दो प्रशिक्षक राकेश परीयारको स्वागत मन्तव्य बाट शुरु गरिएको कार्यक्रममा स्कुलका विद्यार्थीहरुले परम्परा झल्काउने सामुहिक नृत्य पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रमको निर्णायकमा तेक्वान्दोका प्रशिक्षकहरु बिरुभाई बज्राचार्य, बिष्णु अधिकारी, बम बहादुर बिक, सहायकमा स्वागत परीयार, हिमाल बिक र प्रभात बुढा रहनु भएको थियो भने कार्यक्रम संचालन तेक्वान्दो खेलाडी मनिषा बिकले गरेेकी थिईन  ।

उक्त कार्यक्रममा अभिभावकहरुलाई सम्बोधन गर्दै स्कुलका प्रीन्सिपल भोजराज न्यौपानेले डिभाईन टेम्पल एकेडेमीले विद्यार्थीको चौतफी बिकाशका लागि आफू लागि परेको र स्कुललाई नमुना स्कुलका रूपमा अगाडि लैजान चाहेको कुरा बताउदै उपस्थित सम्पुर्ण अतिथिहरु धन्यवाद दिए ।

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार