• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

देशलाई पुर्व राजा र विप्लवबाट हैन् ओली सरकारबाट डर छः गगन थापा


बैशाख २८, दाङ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टीले संघीयतालाई समाप्त पार्ने डर बढिरहेको बताएका छन् । शनिबार दाङ दंगीशरण गाउँपालिका –६ को श्रीगाउँमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले आयोजना गरेको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशलाई पुर्व राजा र विप्लव भन्दापनि दुई तिहाईको ओली सरकारबाट डर भएको बताए ।

उनले भने, “गणतन्त्र समाप्त गर्न नत पूर्वराजाले गर्न सक्छन् नत विप्लप नेतृत्वले गर्न सक्छ । डर त केवल दुई तिहाई बहमुत सरकारको छ । त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको रवौयाको कारण डर पैदा हुन थालेको छ”, उनले भने । स्वतन्त्र हैसियत रहेका संवैधानिक अंगलाई अंकुश लगाउन दुई तिहाई बहुमत सरकार तत्पर रहेको कांग्रेस नेता थापाले बताए ।

“अहिलेको सरकारले मानव अधिकार आयोगमाथि हस्तक्षेप, निर्वाचन आयोग, लोकसेवा आयोग, नागरिक स्वतन्त्रमाथि हस्तक्षेत्र र पछिल्लो पटक प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारले तयारी गरेको छ”, उनले भने । साथै उनले राष्टरपति विद्यादेवी भण्डारीमा पनि सवारी मोह बढिरहेको समेत बताए ।

त्यस्तै उनले अहिले पार्टीले जागरण अभियान थालेको भन्दै जागरण तल्लो तहमात्रै नभई माथिल्लो तहसम्म आवश्यक रहेको बताएका छन् । उनले पार्टीले अहिले तल्लोस्तरको पार्टीलाई जागरण दिन अभियान सञ्चालन गरिरहेको भन्दै यो अभियान केन्द्रीयस्तरका नेताहरूका लागि पनि हुन आवश्यक रहेको बताएका हुन् ।

“अहिले जिल्ला तहमा जागरण अभियान चलिरहेको छ । तर त्यो जागरण अभियान माथिसम्म पुग्नुपर्छ”, उनले भने, “माथिल्लो तहका नेतामा पनि जागरण आएन भने पार्टी सुधार हुन सक्दैन। ” पार्टी्भित्रको बिमेललाई मिलाएर पार्टीलाई एक ढिक्का बनाउनुपर्ने उनको भनाइ छ ।

कांग्रेसमा व्याप्त गुट–उपगुटले गर्दा पछाडि परेको भन्दै यसलाई सुधार गर्न आवश्यक रहेकोसमेत नेता थापाको भनाइ थियो । उनले पार्टीमा केन्द्रीयस्तरका नेताभन्दा तल्लो तहका कार्यकर्ताको समर्थनले नै कांग्रेस जोगिएकोसमेत बताए।

 

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार