• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

दाङमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको ज्यान गयो


पूर्ण के.सी. बैशाख २९, दाङ । दाङमा मोटरसाईकल दुर्घटनामा परि एकजनाको ज्यान गएको छ । थप एकजना गम्भीर भाईते भएको प्रहरीले बताएको छ । घोराही उपमहानगरपालिका वडा नं. ११ का २१ बर्षीय जुगराम चौधरीको मृत्यु भएको हो ।

गम्भीर घाइते उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचार पछि थप उपचारका लागि घोराही तर्फ लैंजाँदै गर्दा बाटो मै मृत्यु भएको दाङ प्रहरीले बताएको छ ।

उक्त दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पहरुवा निवासी २० बर्षीया अम्बिका चौधरी गम्भीर घाइते भएकि छिन । घाइते चौधरीलाई हात, खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको छ । उनलाई राप्ती प्रादेशिक अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

तुलसीपुर वाट घोराही तर्फ जाँदै गरेको रा ३ प ६९२८ नम्बरको मोटरसाईकल शनिवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को प्रसेनी चोकमा रहेको ‘प्रसेनी’ लेखेको साईन बोर्डमा अनियन्त्रित भएर ठोक्किदा उक्त दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार