• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

ढुंगामा लागेर सल्यानमा ट्याक्टरको ट्रली पल्टिीयो, बाटोमा हिडिरहेका २ महिला घाईते


बैशाख २९, सल्यान ।
सल्यानमा ट्याक्टरको ट्रली पल्टिदा २ जना महिला सामान्य घाइते भएका छन् । शारदा नगरपालिका १ छापडाडा बाट श्रीनगर तर्फ आउदै गरेको लु १ त १४४१ नम्बरको ट्याक्टरको ट्रली पल्टिदा ट्रलीले लागेर बाटोमा हिडिरहेका दुई महिला घाईते भएका हुन् ।

घाईते हुनेमा शानपा १ बस्ने २७ वर्षिया निर्मला भण्डारी र २९ वर्षिया रिता भण्डारी रहेको जिल्ला ट्राफिक कार्यालय सितलपाटीका प्रमुख ज्ञानेन्द्र शर्माले लेकाली अनलाइनलाई बताए । ट्रलीले उनिहरुलाई घचेटेको र सामान्य अवस्था भएकाले श्रीनगर स्थित कलशि मेमोरियल अस्पतालमा उपचार भएको उनले बताए ।

सडक ओरालो, खाल्डाखुल्डी र बिचमा ढुंगो भएकाले त्यसमा लागेर ट्रली पल्टीएको उनले बताए ।

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार