• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सल्यानको आगलागी अझै नियन्त्रणमा आएन्, पीडितहरुको खुल्ला आकाशमा बास



मिना बुढाथोकी / बैशाख २९, सल्यान ।
सल्यानका विभिन्न सामुदायिक बनमा भइ रहेको आगलागी अफैपनि नियन्त्रण्मा आएको छैन् । आगलागी भइ रहेका स्थानमा जिल्ला प्रहरी कार्यालय सल्यान, सशस्त्र प्रहरी,नेपाली सेना र स्थानीयहरु पुगेर आगो नियन्त्रणको प्रयास गरि रहेपनि नियन्त्रणमा आएनसकी रहेको छैन् । आगलागीमा परि सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाडामा एक जनाको ज्यान समेत गएको छ ।

सिमपानी सम्म पुगेको आगो निभाउने क्रममा सिमपानीका ५५ बर्षीया प्यान्टी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले पुष्टी गरेको छ । आगोमा परि सोहि ठाउँका ४० वर्षिय खगेन्द्र बोहरा गम्भीर घाईते भएका छन् । यस्तै शारदा नगरपालिका ९ दुवेरीका अन्दाजी ६३ बर्षिय गोर्बधन पुनको पनि आगलागीमा परेर ज्यान गएको प्रहरीले जनाएको छ ।

आगोमा परि सिमपानीका ८ घर जलेर नष्ट समेत भएको प्रहरीले जनाएको छ । आगलागीबाट पीडित परिवार अहिले कोही आफन्तको घरमा आश्रय लिएर बसी रहेका छन् भने कोही खुल्ला चौरमा बस्न बाध्य भएका छन् । सामुदायिक बनमा सल्किएको आगोले गाउँमा पुगेर आप्mनो र छिमेकीको घर जलाउँदा समेत आफुले केही गर्न नसकेको र विगत दुइ दिन  देखी आप्mनो परिवार खुल्ला चौरमुनी बस्न बाध्य भएको छत्रेश्वरी गाउँपालिकामा राहत लिन आएका स्थानीय ओम बहादुर रानाले बताए ।

आगलागी बाट पीडित परिवारका लागी राहत लिएर जिल्ला दैवी प्रकोप उद्दार समिति अन्तरगत जिल्ला प्रशाशन कार्यालयले आइतबार घटनास्थल पुगेर राहत वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेको नेत्रृत्वमा गएको टोलीले आगलागीमा परि घरबार बिहिन भइ पाटीको बास अंगालेका पीडित परिवारका लागी राहत स्वरुप केही नगद तथा जिन्सिी सामान हस्तान्तरण गरेको छ ।

जिल्लाको शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकामा राहत स्वरुप त्रिपाल ब्लाङकेट, गुन्द्री, कपडा र भाडाकुडा हस्तान्तरण गरिएको प्रजिअ न्यौपानेले जानकारी दिए । यस्तै स्थानीय तहलेपनि आगलागीबाट ज्यान गुमाएका पीडित परिवार तथा आगलागीबाट प्रभावितहरु लाइ नगद स्वरुप केही नगद रकम हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले बन जंगलमा जथाभावी आगलागी गर्ने कार्यमा संलग्नलाइ कडा कारवाही गर्नु पर्ने चेतावनी दिए । उनले आगलागीका घटना कुनै प्राकृतिक प्रकोप नभइ मानवले सृजना गरेको विपत्ती भएकाले आगलागी न्युनिकरण सम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

सल्यानको विभिन्न स्थानमा भएको आगलागीको मुस्लोले अहिले भीषण रुप लिएको छ । जिल्लाकोे शारदा नगरपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कालीमाटी गाउँपालिकाका सामुदायिक बनमा आगलागी भइ रहेको छ । सल्यानका अधिकांस वन जंगलहरु सल्लाको भएकाले आगलागी हुने गरेको देखिएकोले सजग रहन प्रहरीले सवैलाई अपिल गरेको जिल्ला प्रहर िकार्यालय प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

जिल्लामा आगो नियन्त्रण गर्न प्रयाप्त मात्रामा साधन नभएकाले पनि आगो नियन्त्रण गर्न समस्या भइ रहेको शशस्त्र प्रहरी प्रमुख विमल डाँगीले जानकारी दिउका छन् । आगलागी भएको स्थानमा प्रहरी र सेनाले मात्रै आगो नियन्त्रण गर्नु पर्छ भन्ने मान्यताले घटनास्थलमा स्थानीयको सहभागिता न्युन भउकाले पनि समस्या भएको उनले बताए ।

डिभिजन वन कार्यालय प्रमुख थिर बहादुर कार्कीले कुनै एक स्थानीयले लगाएको डढेलोले पुरै बन सखाप पारी मानव बस्तीमा समेत क्षति पुर्याको बताएका छन् । उनले अहिले जिल्लाको तीन  हजार हेक्टर बढी क्षेत्रफलमा आगलागी हुंदा प्राकृतिक वनस्पति,जडीबुटी, बासस्थानमा पुर्याएको क्षतिबारे विवरण संकलन भइ रहेको बताएका छन् ।

 

 

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार