• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

दाङमा चितुवाको छाला सहित ३ जना प्रकाउ


पूर्ण के.सी. बैशाख २९, दाङ । दाङमा चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् ।
प्रदेश नं. ५ अनुशन्धान ब्युरोका प्रहरी निरीक्षक देबि प्रसाद गैरेको नेतृत्वको टोलीले बजारमा हिडदै गरेको अवस्थामा छाला सहित पक्राउ गरिएको बताईएको छ ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर १ का २० बर्षीय बिष्णु खनाल,२६ बर्षीय शालिकराम भण्डारी र सोही वडाकै ३२ बर्षीय दिपक भण्डारी रहेका छन ।
अनुशन्धान ब्युरोले उनीहरुको साथबाट सेतो प्लास्टिकको बोरा भित्र लुकाइराखेको अवस्थामा चितुवाको छाला बरामद गरेको हो ।

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार