• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

स्टुडियोमा मन्त्री यादवको हर्कत पछि एभिन्युज टेलिभिजनको विरगञ्ज कार्यालयमा तोडफोड


बैशाख ३०, विरगञ्जस्थित ।

एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा समाजवादी पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन् । सोमबार दिउँसो कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका कार्यकर्ताले तोडफोड गरेर गएका हुन्।

‘हामी काम गरिरहेका थियौं। साढे १२ बजेतिर मुखमा कालो बाँधेका केही मानिसहरू आएर तोडफोड गरे। सिसा फुटाए अफिसको ब्यानर पनि च्यातिदिए,’ एभिन्युजकी वीरगञ्जस्थित पत्रकार मुस्कान श्रेष्ठले भनिन्, ‘उनीहरू को हुन् र किन आएर तोडफोड गरे।’

उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार प्रसारण भएको थियो। उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्कन्छन्।

सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगञ्ज कार्यालय तोडफोड गरेको एभिन्युज टेलिभिजनले दाबी गरेको छ।अहिले प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ।

आइतबार राति नौ बजे एभिन्यूज खबरको सकस राजनीति बहसमा सहभागी भएका उपप्रधानमन्त्री यादवले सरकारको भ्रष्टाचार र अनियमितताबारे प्रश्न राखेपछि जवाफ दिन अस्वीकार गरेका हुन् । भ्रष्टाचारको विषयमा मन्त्री यादवले जवाफ दिन आनाकानी गरेपछि प्रश्नकर्ता सुशील पाण्डेले पार्टी एकताको विषयमा प्रश्न गरेका थिए ।

तर उनी उल्टै प्रश्नकर्तामाथि खनिए । प्रश्न कर्ता पाण्डेले पटक–पटक जवाफ दिन आग्रह गर्दा पनि गैरजिम्मेवार बन्दै उनी स्टुडियोबाट बाहिरिए । सरकारका जिम्मेवार मन्त्री नै सञ्चार माध्यमको सामना गर्न नसकेर एकाएक स्टुडियोबाट बाहिरिनुले सरकार कति गैरजिम्मेवार छ भन्ने प्रष्ट्याएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ३० गते सोमवार