• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

‘मिस्टर एसइइ २०१९’ को टप 8 मा परे सल्यानका रमेश मगर, भोटिङ गर्न अनुरोध


बैशाख ३०, सल्यान ।
सल्यानका एक विद्यार्थी मिस्टर एसइइमा टप 8 मा परेका छन् । दाङ तुलसीपुरमा रहेको पब्लिक ज्ञान ज्योतिमा अध्ययन गरेर एसईई दिएका कपुरकोट गाउँपालिका २ खाली निवासी रमेश मगर मिस्टर एण्ड मिस नेपाल एसईई २०१९ को लागी छनोटमा परेका हुन् ।

यो प्रतियोगितामा टप 8 मा पर्ने राप्ती साविकको अन्चलबाट उनि एक्ला हुन् । टी क्रियशनको आयोजनामा भएको दोस्रो संस्करणको ‘मिस्टर एण्ड मिस एसइइ’मा उनलाई टप १ मा पार्नको लागी भोटिङ गर्नुपर्ने भएको छ । जसको लागी mrsee_28 टाइप गरि 33001 मा सेण्ड गर्न सकिने उनले बताए ।

भोटिङ अबधी जेठ ४ गतेसम्म हुनेछ र जेठ ६ गते फाइनल नतिजा आउने छ । जुनसुकै सिमबाट जतिपटक पनि भोटिङ गर्न सकिने आयोजकले जनाएको छ । आफुलाई भोटिङ गरेर जिताइदिनुहुन रमेश मगरले सम्पुर्ण सल्यानीहरुमा आग्रह गरेका छन् ।

टी क्रियशनले केहिबर्ष आघि देखि सुरु गरेको ‘मिस्टर एण्ड मिस एसइइ’मा एसइइ दिएर नतिजाको प्रखाईमा बसेकाहरुले सहभागीता जनाउन पाउने छ । १५ बर्ष देखि १८ बर्ष उमेरकाले सहभागीता जनाउने यसको नियम छ ।

यो अवार्डमा विजेता भई टप १ मा पर्नेले देशका सबै स्कुलमा जुनसुकै बिषय निशुल्क पढ्न पाउनेछन् भने देशको सांस्कृती देखाउन इन्डोनेसीया सहित ३ वटा देशमा जना पाउनेछन् ।

 

प्रकाशित मिति : २०७६ बैशाख ३० गते सोमवार