• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

तुलसीपुरमा स्कुल बसले हर्न बजाउदा कारबाही


पूर्ण के.सी. बैशाख ३१, दाङ । तुलसीपुर ४ रक्षाचौरमा रहेको गुरुजजुर नमूना माबिको विद्यालय बस हर्न निषेधित क्षेत्रमा हर्न बजाएपछी कारबाहीमा परेको छ ।
बिद्यार्थीको संख्या धेरै भएपछि उक्त बस भाडामा लिएर बिद्यार्थी ओसार–पसार गरिरहेको छ ।

हिजो गुम्राह चोकमा बिद्यार्थी छोडेर स्कुल तर्फ जाँदै गर्दा ठूलो स्वरको हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले बस रोक्यो । हर्न बजाए वापत ट्राफिक प्रहरीले जरिवाना काट्न थालेपछि त्यसको प्रतिकार सवारी चालकले गरेका थिए । उनले ‘यो स्कुल बस, हो मैले जरिवानी तिर्दिन् भनेका थिए ।

हर्न निषेध गरिएको तुलसीपुरमा हर्न बजाउन नपाईने र हर्न बजाए जरिवाना तिर्नुपर्ने प्राबधान छ । तर स्कुल बस मात्र होईन अधिकाम्सले तुलसीपुर बजार भित्रै अटेरी गरि हर्न बजाएको स्थानीय ब्यापारीहरु बताउछ्न । उनिहरु भन्छन हर्न धेरै गाडीले बजाउथे तर स्कुल बस समातियो ।

प्रकाशित मिति : २०७६ बैशाख ३१ गते मङ्गलवार